असोज ३० —सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ७, मेलचौरमा जारी दोस्रो मालिकादेवी कप अन्तर्गत जिल्ला स्तरीय सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आज ५ खेल सम्पन्न भएको छ । वडा नम्बर ७ र इन्द्रावती १० बिच भएको पहिलो खेलमा १—० ले वडा नम्बर ७ ले जित निकालेको छ । इन्द्रावतीका शिशिर तामाङ म्यान अफ द म्याच बन्नुभयो ।
बोड गाउँ युवा क्लव र प्याराडाइज बिचको दोश्रो खेलमा नतिजा प्याराडाइजले निकाल्यो । प्याराडाइजका विकास लामा म्यान अफ द म्याच बन्नुभयो । गोरख बक्स गण र सहिद स्मृती ए बिचको तेस्रो खेलमा नतिजा गोरख बक्स गणले निकालेको छ । गोरख बक्स गणले एक गोल गर्दा सहिद स्मृती एले खातानै खोल्न सकेन । गोरख बक्सका भुपाल आले मगर म्यान अफ द म्याच बन्नुभयो । वडा नम्बर ९ र वडा नम्बर ११ बिचको चौथो खेलमा नतिजा वडा नम्बर २ ले निकाल्यो । वडा नम्बर २ ले २—० ले जित निकालेको हो । वडा नम्बर ११ का सुजन तामाङ म्यान अफ द म्याच बन्नुभयो ।
आज भएको अन्तिम खेल भीमेश्वर समाज सेवी युवा क्लव र जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक बिच भएको हो । भीमेश्वर समाज सेवी युवा क्लवले ५ गोल गर्दा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले एक गोल पनि गर्न सकेन । भीमेश्वर समाज सेवी युवा क्लवका युवराज ढकाल म्यान अफ द म्याच बन्नुभयो ।
भोली सोमबार ५ खेल हुने छ । वडा नम्बर ४ र जल्किने युथ क्लव बहान ७ः ३० मा , मेलचौर युवा जागरण समाज र लिल फङ घले समाज बिहान ९ बजे मैदानमा उत्रने छन् । सहिद स्मृती युवा क्लव बि र सिएससि जुनियर बिचको खेल दिनको १ बजे र इन्द्रावती १० तथा गोरख बक्स गण बिच दिउसो साढे २ बजे खेल हुनेछ । भोलिको अन्तिम खेल दिउसो ४ बजे भदौरे गणेश सामाजिक संस्था र लायन्स क्लव अफ काठमाडौ सिन्धु चौतारा सिटिबीच हुने छ ।
प्रतियोगितामा जिल्लाका ३० टिमको सहभागिता छ । मेलचौर युवा जागरण समाजको आयोजनामा असोज २८ गतेबाट सुरु भएको प्रतियोगिताको कात्तिक ४ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार सहित ट्रफी पाउनेछन् ।
प्रत्येक खेलका लागि खेलाडीलाई मैदान प्रवेश गर्नका लागि खेलाडी पासको व्यवस्था गरिएको छ । निश्चित सङ्ख्यामा तयार गरिएको विशेष पास हुने व्यक्ति समेत सामान्य अवस्थामा मैदानमा जान अनुमति दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्