२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा यसरी मनाइयो ६७ औं प्रहरी दिवस ( तस्बिरहरू )

असोज ३१ — ६७ औं प्रहरी दिवस २०७९ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विविध कार्यक्रम गरी मनाएको छ । नेपाल प्रहरी दिवसका दिन आज सोमबार जिल्ला प्रहरी परिसरमा औपचारीक कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वप्रहरी तथा प्रहरी परिवार , जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा प्रमुखहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा जारी प्रहरी दिवसको शुभकामना सन्देश बाचन गर्नु भएको थियो ।


प्रहरी दिवसकै अवसरमा अन्तर युनिट ब्याडमिन्टन खेलको प्रतिस्पर्धाका विजय खेलाडिलाई पुरस्कृत समेत गरीएको छ ।
प्रहरी दिवस मनाउने क्रममा विविध सामाजिक उत्तर दायित्वका कार्य गर्दै आएको प्रहरीले आफ्नो भुमिकालाई रचनात्मक भएर अगाडि बडाउन पत्रकार मंहासघका अध्यक्ष जिवन श्रेष्ठले सुझाव समेत दिनुभययो । कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै पुष्प अर्पण गरिएको थियो। कार्यक्रममा वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्