२०८१ भाद्र २३
                           

एमाले पाँचपोखरी निर्बाचन परिचालन कमिटीको संयोजकमा निर्मल बन्जारा

कार्तिक १ – नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको आयोजनामा आज उम्मेदवार परिचय तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।सो कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एबं सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का संघीय सांसदका उम्मेदवार शेर बहादुर तामाङ,केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्याल,प्रदेश कमिटी सचिबालय सदस्य एबं प्रदेश (ख)का उम्मेदवार हस्त पण्डित ,बागमती प्रदेश समानुपातिक उम्मेदवार देबिन्द्र बहादुर खत्री,प्रदेश कमिटी सदस्यहरु टासी लामा,शिशिर वाईबा,सोमर बोम्जनले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो कार्यक्रममा आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको निर्बाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन गाउँपालिका स्तरीय निर्बाचन परिचालन कमिटी गठन गरेको छ ।
जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जारा संयोजक ,जिल्ला कमिटी सदस्यद्वय पासाङ लामा र नारायण भट्टराई ,पालिका कमिटी अध्यक्ष दोर्जे लामा सह ईन्चार्ज र पालिका कमिटी उपाध्यक्ष दोकदोक तामाङ सचिब रहेको ७०१ सदस्यीय निर्बाचन परिचालन कमिटी गठन गरिएको एमाले बागमती प्रदेश कमिटी सदस्य टासी लामाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्