२०८१ भाद्र २३
                           

गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका बालकको ज्यान गयो

कार्तिक ३ — सिन्धुपाल्चोक जुगल गा.पा.२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कदा ३ वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा बर्ष ३ का सम्शेर लामाको औषधी सर्कदा ज्यान गएको स्थानिय विष्णु लाल दोङले बताउनुभयो । स्थानिय स्वयमसेबिकाहरु सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठे बाट भिटामिन र जुकाको औषधी ल्याई बच्चाहरुलाई खुवाउने क्रममा सर्किएको हो । बालक लाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्वुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटे तर्फ लगिएको थियो । विहान ११ः५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. संजिब खड्काले बालकको मृत्यु भई सकेको बताउनुभएको थियोे । मृतक बालकको शव पोस्टमार्ट्म को लागि चौतारा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्