२०८१ भाद्र २३
                           

एकसाथ सिन्धुपाल्चोकमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु

कार्तिक ४ — उम्मेदवारी मनोनयनपछि सत्ता गठबन्धन कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै एकसाथ जाने उद्रघोष गरेका छन्् । सत्ता गठबन्धनका साझा उम्मेदवारहरु चुनावी अभियानमा एकसाथ जुटेका हुन् । सदरमुकाम चौताराको आँलडाडामा आज शुक्रबार गठबन्धन दलका नेता तथा उम्मेदवार एकसाथ एउटै मन्चमा देखिएका हुन् । सिन्धुपाल्चोकमा कुनै सिट नपरेका एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि मञ्चमा बोल्दै गठबन्धनलाई बलियो बनाएर लैजाने बताएका छन् ।
गठबन्धनको एकतालाई अझै बलियो बनाउने उदघोष गर्दै उम्मेदवारहरुले गठबन्धन गर्नुको कारणबारे नेता, कार्यकर्तालाई स्पष्ट पारेका छन् ।
गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले संयूक्त अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुवोध), क्षेत्र नं. २ का उम्मेदवार मोहनबहादुर बस्नेत, क्षेत्र नं. १ (ख) प्रदेशका उम्मेदवार सरल सहयात्री पौडेल, क्षेत्र नं. २ (ख) का उम्मेदवार युवराज दुलाल कार्यक्रममा सहभागि बन्नुभएको थियो । क्षेत्र नं. १ (क) की उम्मेदवार मसिना खड्का र क्षेत्र नं. २ (ख) का उम्मेदवार कृष्णकुमार तामाङ (समिर) भने कार्यक्रममा सहभागि बन्नुभएन ।


माओवादी उम्मेदवारहरु सुवोध, सरल र शरदले गठबन्धन राजनीतिक स्थिरता, संविधान रक्षा र मुलुक समृद्धिका लागि भएको बताउँदै गठबन्धनका सबै ६ उम्मेदवारको विजय सुनिश्चित रहेको दाबी गरेका छन् । ’गठबन्धन र सिन्धपाल्चोक विकासको अभिभावक अब मोहनबादुर बस्नेतलाई बनाउने माओवादी उम्मेरदारले बताएका छन् । उनिहरुले कांग्रेसलाई भारी मत दिन माओवादी नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् भने नेता मोहन बहादुर बस्नेतले बाहिर हल्ला गरीए जस्तो हराउन र सकाउन लाग्ने कुरामा सत्यता नरहेको दावि गर्नुभयो । कांग्रेस गठबन्धनमा जहिलेपनि इमान्दार रहेको र अब पनि रहने बताउदै सबै क्षेत्रमा विजय हासिल गर्ने दावि गर्नुभयो ।
क्षेत्र नम्बर दुईमा मोहन बस्नेतलाई सस्थापन ईतर पक्षले सहयोग गर्दैन भन्ने गसिप चल्ने गरेको छ । तर आजको कार्यक्रममा नेता विकास लामा, बंशलाल तामाङ ,आईतमान तामाङ ,विष्णु विक्रम थापा लगायतका नेताहरु प्नि कार्यक्रममा सहभागि बनेका छन् । उनिहरुले गठबन्धन एक भएर जानुको विकल्प नरहेको समेत बताएका छन् ।
सत्ता गठबन्धनको एकघटक एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले साझा उम्मेदवारहरुलाई ढाडस दिदै आफ्नो पार्टीको बलियो साथ रहने प्रतिवद्धता ब्यत्त गर्नुभयो । गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउनु पर्ने र हार्ने छुट नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्