२०८१ भाद्र २३
                           

दोहोर्याएर चुनाव लड्नेले गरेको काम देखाएर भोट माग्ने आँट गर्न दुलालको चुनौती    

कार्तिक १२ — लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यकर्ता भेला तथा चियापन कार्यक्रम पाँचपोखरी थाङपाल गाँउपालिकामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहन बहादुर बस्नेतले एमालेमा आस्था राख्ने ब्यक्तीनै सेर वहादुर तामाङको क्रियाकलापले वाक्क दिक्क बनेको बताउनुभयो । अब यो क्षेत्रमा बाम गठबन्धनले जित्ने र बोलेको कुरा पुरा गर्ने बताउदै सडक , खानेपानी, बिजुली, सिंचाई, शिक्षा, स्वरोजगार जस्ता जनताको सहज जिवन यापनका लागी काम गर्ने बताउनुभयो । अधिनायकवादी शासन, भ्रष्टचार बढोत्तरी, संविद्यानको धज्जी उडाउने , अराजकता निम्ता उने, केपी वलीको दुस्साहस विरुद्ध गठबन्धन गरीएको बस्नेतले बताउनुभयो ।

313101721_668291367990720_7026577582561248747_n1667048720.jpg

दोहोर्याएर चुनाव लड्ने नेताले आफुले गरेको काम देखाएर भोट माग्ने आँट गर्न दुलालको चुनौती    
सिन्धुपाल्चोक प्रतिनिधि सभा २(क) का उम्मेदवार युवराज दुलालले दोहोर्याएर चुनाव उठेका नेताहरुले पछि गर्नि काम भन्दा पनि आफुले गरेको काम देखाएर भोट माग्ने हिम्मत राख्नुपर्ने बताउनुभएको छ ।
लोकतान्त्रिक बाम गठबन्धन पाँचपोखरी थाङ्पालले गरेको चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका दुलालले चुनावको बेला ठुल्ठुला काम गर्छु भनेर गफ दिने चुनाव जितेर काम नगर्ने नेतालाई पुनः चुनावमा उठ्ने नैतिक अधिकार नहुने बताउनुभयो । उहाँले प्रतिनिधि सभा २ का उम्मेदवार मोहनबहादुर बस्नेत  बोलेको पूरा गर्ने विकासवादी नेता भएकाले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउन अपिल समेत गर्नुभयो ।
बागमति प्रदेश सरकारका पुर्व सामाजिक बिकास मन्त्री दुलालले आफुले गत चुनावमा भोट माग्दा गरेको जनतासामु गरेको अधिकांश बाचाहरू पूरा गरिसकेको र बाँकि बाचा पनि पूरा गर्दै जाने बताउनुभयो । लोकतान्त्रिक गठबन्धन देशको आवश्यकताले निर्माण भएका भन्दै गठबन्धनले जितेपछि देशले  समृद्धिको ढोका खोल्ने दाबी उहाँको थियो ।

गठबन्धनकामा रहेका दलका नेता एकै मञ्चमा

313372832_802235444324892_5231283221263953692_n1667048746.jpg
सिन्धुपाल्चोकको सुनकोसीमा लोकतान्त्रिक वाम गठबन्धन दलले संयुक्त भेला गरेर सबै साझा उम्मेदवारलाई जिताउने प्रतिवद्दता व्यक्त गरेका  छन् । नेकपा समाजवादीकी नेतृ भगवती नेपालले यो गठबन्धन सिन्धुपाल्चोकको मात्र नभै राष्ट्ीय रुपको गठबन्धन भएकोले सबै समाजबादी नेता कार्यकर्ताले गठबन्धनको मर्म अनुसार मतदान गरि गठबन्धनका उमेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य चन्द्र बहादुर थापा ( किशोर)ले गठबन्धन गणतन्त्रबादीहरुको अग्रगामी गठबन्धन भएको र एमालेले राजावादी हरु संग प्रतिगमनका रि गठबन्धन गरेर जनतालाई धोखा दिएकाले मतदानको माध्यमबाट प्रतिगामिहरुलाई जवाफ दिन आग्रह गर्नुभयो । यस्तै कांग्रेसका पुर्व जिल्ला सभापती विकास लामाले अरु पार्टी अत्तालिएर गठबन्धन माथी प्रश्न उठाइपनि विचलित नहुन आम कार्यकता लाई अनुरोध गर्नुभयो ।  कार्यक्रममा प्रदेश सभा ‘ख’ सदस्य प्रत्यक्ष उम्मेदवार समिर लामा, समानुपातिक तर्फका उम्मेदवार, नेकपा माओवादी, नेपाली कांग्रेस, एकिकृत समाजवादीका नेताहरु उपस्थित थिए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले गाँउपालिका र नगरपालिका स्तरिय कार्यकर्ता भेला तथा चियापन कार्यक्रम संचालन गर्दै आएका छन् । आजनै उम्मेदवारले पाँचपोखरी क्षेत्रका मतदाता सँग भेटघाट समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्