२०८१ कार्तिक २
                           

भोटेकोसीका बासिन्दाले भने युवा र महिला उम्मेदवार पाउँदा खुसी छौं, जिताउने हो

तातोपानी, १५ कार्तिक
चीनसँग नाका जोडिएको भोटेकोसी गाउँपालिमा स्थानीयले मंसिर ४ मा हुने चुनावमा युवा र महिला उम्मेदवार जिताउने बताएका छन् ।
भोटकोसीमा भएका भेटघाट तथा चियापानका सहभागीले प्रतिनिधि सभातर्फ युवा उम्मेदवार माधव सापकोटा सुबोध र प्रदेशमा सक्षम महिला उम्मेदवार मसिना खड्का पाउनुमा आफूहरुले गर्व गरेको बताए ।
सोमबारसाँझ तातोपानीमा, आइतबार विहान कोदारी, लालबिर चोक, १० किलो, लार्चा र नारायण स्थानमा भएका भेटघाट तथा भेलाका सहभागीले युवा उम्मेदवारमा आफूहरुको विश्वास रहेको भनाई पटक पटक दोहोर्याएका थिए । ४० बर्षकै उमेरमा लामो राजनीतिक अनुभव बटुलिसकेका युवा उम्मेदवारको जोस र पत्यक्षतर्फ महिला उम्मेदवार पाउनु सिन्धुपाल्चोक क्षेत्र नं १ का लागि मात्रै नभएर देशकै लागि गर्वको विषय भएको आम नागरिको भनाई थियो ।
विहान लालबिर चोकमा भएको चियापानमा बोलेका दल आवद्ध र दल बाहिरका स्थानीयले उम्मेदवारहरुलाई भव्य स्वागत गरेर गठबन्धनलाई सहज अनुमोदन गरे । स्थानीय युवा कुमार श्रेष्ठले नामै लिएर युवा र महिला उम्मेदवारलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युवा हुनुहुन्छ, विश्वास गरेर भोट हाल्छौं, जिताउँछौं, हामीलाई वेवास्ता नगर्नुहोस श्रेष्ठले भने ।
तातोपानी नाकाको पुरानै लयमा सञ्चालन, अननिको हाइवेको व्यवस्थित स्तरोन्नति, स्थानीय बाटोलगायतका विषयमा युवा उम्मेदवार संवदेशील पाएको स्थानीयको भनाई थियो ।
कोदारी र लार्चामा भएको कार्यक्रममा पनि स्थानीयले आफ्नो विश्वास युवा र महिला उम्मेदवारमा रहेको खुलेरै बताए । भुकम्प र पटक पटकको बाढी पहिरोले पीडामा रहेका भोटकोसीका बासिन्दाले विकासका लागि युवाबाट मात्रै सम्भव भएको सुनाए । गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताको संयुक्त उपस्थिति र गहिरो मिलन देखिने भोटेकोसीमा नारान स्थानमा पनि उत्तिकै रौनक देखियो ।
कांग्रेसका वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले मोहन बस्नेतले गठबन्धनका उम्मेदवार जिताउन दिएको निर्देशनको पालना गर्दै पुरै कांग्रेस पंक्ति गाउँ बस्तिमा खटेको बताउँदै गठबन्धनका साझा उम्मेदवार जिताएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
कांग्रेसका क्षेत्रीय सभापति एवं बाह्रविसेका मेयर बालकृष्ण बस्नेतले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मोहन बस्नेतले १ नंबरमा माधब सापकोटालाई जिताउन सँगै हिड्न निर्देशन दिएको बताए । सुबोधलाई पनि मलाई नै सम्झेर भोट हाल्नुस र जिताउनुस भन्ने खबर आदरणीय नेता मोहन बस्नेतले भन्नुभएको छ, उनले भने ।
नेता दोर्जे लामाले पनि आफूलाई सम्झेर सुबोधलाई जिताउन आग्रह गरे । उनले भने सुबोधले जिते मात्रै भोटेकोसीको समग्र विकास सम्भव छ ।
प्रतिनिधि सभाका साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा क का उम्मेदवार मसिना खड्का भण्डारीले स्थानीको कुरा सुनेपछि आफूहरु साथसाथै रहने र स्थानीयको सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीय चुनावमा कांग्रेसले जितेको भोटेकोसीमा कांग्रेस र माओवादी मिल्दा विपक्षी निकै पछाडी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्