२०८१ भाद्र २३
                           

गठबन्धनले इन्द्रावतीका चार वडामा सक्यो घरदैलो ! नेताहरू भन्छन् हाम्रो हल मिलेको छ बिकासमा जाेत्नुस

कार्तिक १५ , इन्द्रावती ।
गठबन्धन दलका उम्मेदवार सहितका नेताहरूले इन्द्रावती गाउँपालिकाका चार वटा वडाहरुकाे घरदैलो कार्यक्रम सकाएका छन् । आज बिहान वडा नं १ सिम्पालकाभ्रे बाट शुरु भएको घरदैलो कार्यक्रम वडा नं २ र ३ कुञ्चाेक हुदै बेलुकी वडा नं ४ नवलपुर आएर सम्पन्न भएको हाे । घरदैलो कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार माेहन बहादुर बस्नेत , प्रदेश सभा उम्मेदवार युवराज दुलाल शरद , नेकपा (एकीकृत समाजवादी ) कि केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार भगवती नेपाल, नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, नेपाली कांग्रेसका जिल्ला सभापति जंग बहादुर तामाङ, माओवादी केन्द्रका जिल्ला संयाेजक गाेबिन्द पराजुली , कांग्रेस नेताहरू बंशलाल तामाङ , बिकास लामा लगायतका नेताका साथमा सयौं समर्थक शुभेच्छुकहरुकाे उपस्थिति रहेको थियो ।

घरदैलो र काेणसभाका क्रममा प्रतिनिधि सभा २ का उमेदवार माेहन बहादुर बस्नेत र प्रदेश सभा क का उमेदवार युवराज दुलालले बल्ल आफूले हल मिल्ने नेता पाएकाे र अब जिल्लाकाे समृद्धिमा जाेतिन तयार रहेको बताएका छन् । एकले अर्काकाे प्रसंशा गर्दै नेता द्वयले भने ‘गठबन्धन मात्र मिलेकाे हैन जनताकाे काम गर्ने सवालमा हाम्रो गति पनि मिल्ने भएकाले याे ठाउँकाे विकासले फड्काे मार्छ ।

गठबन्धनले नवलपुरमा आयाेजना गरेकाे काेणसभा कार्यक्रममा बाेल्दै प्रदेश सभा क का उमेदवार युवराज दुलालले आफुहरु जनताकाे सेवक भएकाले आफुलाइ जनसेवामा जाेत्न मतादातालाइ आग्रह गरे । बिगतमा पनि आफू नजसेवामा समर्पित हुँदै आएकाे बताउँदै नेता दुलालले पुन:५ बर्ष जनताकाे काममा जाेतिन चाहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्