कार्तिक १६ — नेकपा एमाले युवा संघ सिन्धुपाल्चोको जिल्ला सदस्य रहेका युवाहरु गठबन्धनमा प्रवेश गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा न २ बामलोकतान्त्रीक गठबन्धनको वडा स्तरिय संयुक्त कार्यकर्ता भेला कार्यक्रममा युवा संघ सिन्धुपाल्चोक जिल्ला सदस्य विजय तामाङ, मान काजी तामाङ सहित दर्जनौ एमाले समर्थकहरु गठबन्धनमा प्रवेश गरेका हुन् ।
उनीहरुले वडा अध्यक्षले जनताहरूलाई सिफारिस दिनपनि चार पाँच दिन लगाउने , जनताको एउटा सानो काममा पनी जनतालाई हप्तौ कुराउने ब्यबहारले आफुहरु हैरान भएको बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धनको साथ रोज्दै उनीहरुले नेकपा एमालेले जनताका आँखामा छारो हाल्ने काम गरेको आरोप समेत लगाए । कार्यक्रममा वडामा वितरण गरीएको बजेट अव्यवस्थित ढङ्गबाट बितरण गरेको भन्दै असन्तुष्टी ब्यक्त गरेका थिए ।
कार्यक्रममा धनराम तामाङको संयोजकत्वमा तिन सय एघार जनाको निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । नेपाली कांग्रेसका नगर सभापती इन्द्लोचन धितालले भ्रममा नपरि गठबन्धनको सर्कुलर इमान्दारी पूर्वक मान्न र मनाउन कमिटीलाई निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्