२०८१ भाद्र २३
                           

दुगुनागढीमा पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेस

कार्तिक १७ — सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि तेश्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको हो ।
तेश्रो लिस्तिकोट दुगुनागढी माउण्टेन टे«ल रेसको उपाधि त्रिभुवन आर्मीका देवराज महतराले हात्त पार्नुभयो । खुल्लातर्फको प्रतियोगितामा महतराले २ सय ४० प्रतिस्पर्धीलाई पछि पार्दै दुई घण्टा ८ मिनेटमा सांढे चौबिस किलोमिटरको दुरी पार गरी प्रथम पुरस्कार एक लाख दश हजार नगद सहित प्रमाण पत्र र मेडल हाँसिल गर्नुभयो । उत्त दुरी गत वर्ष १४ मिनेट ३० सेकेण्डमा पुरा गर्दै गत साल पनि महतरानै पहिलो बन्नुभएको थियो । प्रतियोगितामा मोहन देव जोसी दितीय, राजेन्द्र तामाङ तृतीय ,सुमन कुलुङ राई चौथो , अर्जुन कुलुङ राई पाचौं र वेद बहादुर सुनार छैटौ बन्नुभयो । खुल्ला तर्फ दोश्रोले ७५ हजार, तृतीयले ५५ हजार, चौथोले ४० हजार ,पाचौंले ३० हजार र छैटौले २० हजार नगद समेत प्राप्त गरेका छन् ।


त्यस्तै महिलातर्फ प्रिया राई प्रथम, अनिता राई दितीय र सुनकला राई तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नुभयो । यस्तै जिल्लाबासि तर्फ राजेन्द्र तामाङ प्रथम , राहुल तामाङ दितीय र फुर्वासिङी तामाङ तृतीय भएका छन् । उहाँहरुले क्रमश नगद ३० हजार , २० हजार र १५ हजार प्राप्त गर्नुभयो । यस्तै भोटेकोशी गाँउपालिका तर्फ नेत्र वहादुर खड्का प्रथम, भत्त वहादुर बुढाथोकी दितीय र अजय प्रधान तृतीय हुनुभयो । उहाँहरुले क्रमश नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गर्नुभयो ।
दुगुनागढी नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको गढी हो । यही गढीको प्रयोगबाट नेपालले तीब्बतसँग युद्ध लडेको थियो । ऐतिहासिक दुगुनागढी एवम् लिस्तिकोटको प्रचार गरी आन्तरिक तथा वाहिय पर्यटनमा टेवा पु–याउन र पर्यटकीय गन्तव्यको रुपमा पहिचान गराउन टे«ल रेसको आयोजना गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताउनुभयो । भोटेकोसी गाउँपालिकाको सहयोगमा गोरख बक्स गणले तिन वर्षदेखि टे«ल रेसको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्