२०८१ भाद्र २३
                           

शेरबहादुर , अमानसिं दुबै अवसरवादी हुन् :दुलाल

कार्तिक १९ – सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का उमेदवार युवरा दुलालले आगामी निर्वाचनमा जनताले अवसरवादी पात्रलाइ सबक सिकाउँदै विकासवादी उम्मेदवारलाई अनुमाेदित गर्ने बताएकाछन् ।

माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका दुलालले विपक्षी दलका उमेदवार शेरबहादुर तामाङ र अमानसिं तामाङलाई चरम अवसरवादीकाे संज्ञा दिंदै तेस्ता उमेदवारलाई राम्राेसंग चिनेकाे बताए ।

लाेकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार दुलालले नेकपा एमालेका प्रतिनिधि सभा २ का उमेदवार शेरबहादुर तामाङले सुरुमा प्रतिगमनकाे विरुद्धमा सडकमा आफुसंगै आएकाे र मन्त्री पाएपछि प्रतिगमनकै खेताला बन्न गएकाे बताए ।

एमालेकाे तर्फबाट प्रदेशसभा १ का उमेदवार अमानसिं तामाङले टिकटकै लागि एमाले प्रबेस गरेकाे बताउँदै नेता दुलालले अवसरवादी चरित्र भएका मान्छेसंग आफ्नाे प्रतिस्पर्धा नहुने बताए । बागमती प्रदेशको सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी सम्हाल्दा आफ्नाे निर्वाचन क्षेत्र मात्र नभएर जिल्लाभर आवस्यकता प्राथमिकिकरण गरेर विकास गरेकाे दुलाले दावी गरे ।

एमालेले उमेदवार बनाएका शेरबहादुर तामाङ र अमानसिं तामाङ दुबै अवसरवादी पात्र भएकाले मतादाताले तेस्ता मान्छेलाई दण्डित गर्दै विकासवादि नेताकाे छवि बनाएका लाेकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा २ मा माेहनबहादुर बस्नेत र प्रदेशसभा १ मा आफुलाइ मत दिन अपिल गरे ।

मतादातासंग भेटघाट तथा घरदैलो अधियानमा एकसाथ हिडिरहेका गठबन्धनका उमेदवार द्वय माेहनबहादुर बस्नेत र युवराज दुलालले निर्वाचित भएपछि पाँच बर्षभित्र जनताले सहिठाउँमा भाेट हालेछु भनेर गर्व गर्न सक्ने खालकाे काम गर्ने बताउँदै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस्