२०८१ भाद्र २३
                           

बाह्रविसेमा सुबोधलाई अपार समर्थन

बाह्रविसे, २७ कार्तिक सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई बाह्रविसे नगरपालिकामा स्थानीय भव्य स्वागत र सत्कार गरेका छन् ।पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको गृह नगर बाह्रविसेमा सुबोधलाई आम नागरिकले फूल, माला, खादा लगाइदिए ।शुक्रबार नेता बस्नेतकै आग्रहमा उनको निवास पँलातीमा बास बसेका सुबोधले शनिबार विहानै कर्थलीबाट घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका थिए ।प्रदेश सभातर्फ सिन्धुपाल्चोक १ का उम्मेदवार मसिना खड्का भण्डारीसहित घरदैलोमा पुगेका उनलाई मतदाताले मालैमालाले गला भरिदिए ।

कर्थलीमा स्वतस्फूर्त बाजा सहित उपस्थित समूदायबाट शुभकामना र आशिर्वाद थापेर दुरुमथली पुगेका उनलाई त्यहाँ जम्मा भएका नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरेर शुभकामना दिए ।दोलंसा ठेनासामा ठूलो संख्यामा उपस्थित स्थानीयले सुबोध र मसिनालाई उसैगरि चौरीको चमर र बाजागाजा सहित स्वागत गरे । जितका लागि अग्रिम शुभकामना दिए । बुधेपा, सिम्ले र क्षमादेवीमा भएका कोणसभा र घरदैलोमा सुबोध जस्तो युवा उम्मेदवार पाउनु गर्वको विषय भन्दै जनताले फूल माला र खादा लगाइदिएर अभिनन्दन गरे । घोर्थलीमा मिन बहादुर तामाङले सुबोध र मसिनालाई सगुग खुवाए । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले यसअघि आफूले सगुन खुवाएका नेताले कहिल्यै चुनाव नहारेको सुनाए ।

मतदाताको अपार समर्थन र मायाँ पाएका सुबोधले हरेक भेटघाटामा पाँच बर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा उम्मेदवार भएर काम गर्ने प्रतिवद्धता जनाए । सांसद भएको मान्छे कति धेरै गाउँमा लखर लखर हिँडेको भन्नेगरि गाउँ बस्तिमा आउने बाचा गरे । नीति निर्माण र तीनवटै सरकारको समन्वयमा विकासका काम गर्ने बताए ।

आइतबार सिंगार्चे, गाती, मान्द्रा, सोताङ, डाँडाकटेरी र भिमेश्वर मन्दिरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको मायाँ र समर्थन अझ बेजोड थियो । बाली नाली थन्क्याउने बेलामा समेत जनताको ठूलो उपस्थिति र सत्कार एवं सम्मानले सुबोधलाई बाह्रविसेले अनुमोदन गरेको देखिन्थ्यो । नेता मोहन बहादुर बस्नेतको विशेष निर्देशनमा उनलाई बाह्रविसेमा अन्य पालिकाको तुलनामा धेरै र विशेष स्वागत सत्कार गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । मोहन दाइले हाम्रा साझा उम्मेदवार सुबोलाई सत्कारमा कमि नगर्नु भन्नुभएको छ, कांग्रेसका एक नेताले भने ।

हामी दुबै जितेपछि मोहन बस्नेत गृहमन्त्री  ः सुबोध

क्षेत्र नं १ का साझा उम्मदेवार माधव सापकोटा सुबोधले मंसिर ४ को चुनाव पछि नेता मोहन बहादुर बस्नेत गृहमन्त्री बन्ने उद्घोस गरेका छन् ।

बस्नेतको गृहगाउँ ठूलो पँलातीस्थित क्षमादेवी मन्दिर परिसरमा आयोजित चुनावी सभालाई शनिबार साँझ सम्बोधन गर्दै सुबोधले आफू र मोहन बस्नेत दुबैले चुनाब जित्ने र बस्नेत गृहमन्त्री बन्ने बताए । झमक्क साँझ परिसक्स्दा समेत उपस्थित ठूलो संख्याका स्थानीयकाबिच सुबोधले क्षेत्र नं १ मा आफूले र २ मा बस्नेतले चुनाव जित्ने बताउँदै जित पछि बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउने चर्चा गरे । महत्वपूर्ण मन्त्रालय सहित बस्नेतले जिल्ला र देशकै विकास गर्ने क्षमता राख्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्