२०८१ भाद्र २३
                           

उम्मेदवारको आधिकारिक हस्ताक्षर भएको पत्र सहितको व्यक्तिलाई मतदान प्रतिनिधि राखिने

मंसिर २ , प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पुर्ण तयारी सिन्धुपाल्चोकमा पुरा भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण सम्पन्न भई सबै मतदान अधिकृत सहितको टिम सिन्धुपाल्चोक जिल्लाको ३२० वटै मतदान केन्द्रमासामाग्री सहित पुगिसकेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयले राति १२ बजे देखि स्थीर समय लागु भएकाले सबैले स्थीर समयको पालना गर्नुसमेत अनुरोध गरेको छ ।

जुगल खवरसँग कुराकानी गर्दै जिल्ला निर्वाचन अधिकारी विकास रिजालले मतदान केन्द्रमा निर्वाचन प्रणालीमा सहभागी उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र सहितको व्यक्तिलाई मतदान प्रतिनिधि राख्न समेत अनुरोध गर्नुभयो ।

उहाँले निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा नराख्न तथा साझा नगर्न अनुरोध गर्नुभया् । गएराति १२ बजेदेखि स्थिर समय सुरु भएका कारण प्रचार सामग्री शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गरेमा तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिइएको बताउनुभयो ।

शिक्षणसंथा आजदेखि बन्द
पर्सि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्र तोकिएका शिक्षणसंस्था आजदेखि बन्द भएका छन् । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारले गरेको निर्णयका आधारमा मतदान केन्द्र तोकिएका विद्यालय आजदेखि ५ गतेसम्मका लागि बन्द गरिएको हो । मतदानका लागि भने यही मङ्सिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्