मंसिर ३ — मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन सपन्न गर्न सिन्धुपाल्चोकमा ७ हजार २ सय ५० जनशक्ति खटिएका छन् । सिन्धुपाल्चोकको क्षेत्र नं १ मा १ हजार तीन सय ११ र क्षेत्र नं २ मा १ हजार दुई सय ४८ साथै अस्थाई केन्द्रमा ३ गरेर जम्मा २५ सय ६२ जना कर्मचारीहरु चुनावका लागि खटिएका छन् ।
एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइरालाले बताउनुभयो । उनिहरुले सर्वदलिय बैठक बसेर निर्वाचनसंग सम्वन्धित तयारीका कामहरु परा गरीसकेका छन् । आज मतदान केन्द्र निर्माणको कार्य भईरहेको छ । तोकिएको समयमा भोलि ठिक ७ बजे मतदान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो । मतगणनाका लागि गणनास्थल समेत तयार भएको छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको हो । भोलि बेलुका नै मतपेटिका ढुवानी हुने र सोमबार सर्वदलिय बैठक बसेर गणना सुरु गर्ने कोईरालाले बताउनुभयो ।
८ घण्टा पैदल हिडेर मतदान स्थलमा कर्मचारी
जिल्लाको जुगल गाउँपालिका १ तेम्बाथानमा रहेको मतदान स्थलसम्म सडक यातयातको पहुच नभएकाले त्यहाँ खटिने कर्मचारीहरु करिव ८ घण्टा पैदल हिडेर पुगेका छन् । त्यहाँबाट मत पेटिका ढुवानी हुन भने समय लाग्ने क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत रुद्ध प्रसाद सुवेदीले बताउनुभयो । अन्य मतदानस्थलबाट भने ढुवानीका लागि समस्या छैन ।
सिन्धुपाल्चोक जिल्लामा एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदानकेन्द्र रहेका छन् । यस बाहेक एक अस्थाइ मतदानस्थल तोकिएको छ । चौतारा कारागारका ५५ जना कैदीबन्दी र चौतारास्थित वृद्धश्रामका ३ जना वृद्धवद्धाहरु , प्रहरी , सरकारी कर्मचारीले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । जिल्लामा ९ सय ३ अस्थायी मतदाता कायम भएका छन । अस्थायी बाहेक सिन्धुपाल्चोकमा जम्मा मतदाताको संख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ ।
निर्वाचनका लागि सुरक्षा निकायका ३ हजार ३ सय ८० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताउनुभयो । नेपाल प्रहरीबाट ९ सय २, नेपाली सेनाबाट करिब साढे ४ सय र सशस्त्र प्रहरी बलबाट ४ सय , म्यादि प्रहरी १ हजार ५ सय ५ सुरक्षाकर्मी परिचालन भएका छन । मोबाइल सुरक्षा टोलीहरू पनि परिचालन भइरहेको बताउदै प्रमुख जिल्ला अधिकारी खनालले हालसम्म जिल्लाका सबै मतदानस्थलको सुरक्षा अवस्था राम्रो रहेको उल्लेख गर्नुभयो । मतादन स्थलका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा म्यादी प्रहरी ,नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई राखिएको जिल्ला सुरक्षा समन्वय समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्