२०८१ भाद्र २३
                           

तामाङलाई भारी मतले पछि पार्दै बस्नेतको अग्रता कायमै

मंसिर ६, सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा नेपाली कांग्रेस उम्मेदवार मोहन ब. बस्नेत ले अग्रता कायम राखेका छन् । बस्नेतले नेकपा एमाले तर्फका उम्मेदवार शेर ब. तामाङलाई १६७७ मतान्तरले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार बस्नेतले ४६१६ मत प्राप्त गर्नुभएको छ भने तामाङले २९३९ मत प्राप्त गर्नुभएको छ । अहिले ईन्द्रवती गाँउपालिकाको वडा नं १,२,४,५,६ र १० को मत गणना भईसकेको छ । यस पछि चौतारा साँगाचोकगढी नगरको मतगणना हुनेछ । नगरमा एमाले भन्दा गठबन्धनलाई निकै बलियो मानिने हँुदा यो मतान्तर अझै बढ्ने देखिन्छ ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाँउपालिका र मेलम्ची लाई एमाले बलियो मानिन्छ । यो मतान्तरलाई यी दुई स्थान बाट नतिजा उल्टाउन सके मात्र तामाङ र बस्नेत विच कडा प्रतिस्पर्धा हुनेछ । तर भारी मात्रमा भएको मतान्तरलाई हेर्दा बस्नेतलाई हराउन तामाङलाई निकै सकस भने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्