२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा पूर्वमन्त्री मोहन र सरेश अघि

मंसिर ६ – प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका मोहन बहादुर बस्नेतले अग्रता कायम गरेका छन् । पूर्वमन्त्री बस्नेतले भारी मत र पूर्व प्रदेशमन्त्री नेपाल थोरै मतले अघि बढीरहेका हुन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजकुमार चौधरीकाअनुसार आहिले भोटेकोशी गाउ“पालिकाको मतगणना सकेर अहिले बाह्रबिसे नगरपालिकाको मत गणना भइरहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका नेपालले ४ हजार १४९ र गठबन्धनका माधव सापकोटाले ३ हजार ७२२ मत ल्याएर नेपालले सापकोटालाई ४२७ मतान्तरले पछाडि पारेका छन् । भने क्षेत्र १ प्रदेश (क) मा सत्तागठबन्धनबाट कांग्रेसकी मसिना खड्का भण्डारीले ३ हजार ७१० ,एमालेका डिबी लामाले ३ हजार ३२४ र राप्रपाकी निर्मला श्रेष्ठ ३७२ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ४१६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणजंग पाण्डेले १०५ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा–२ मा गठबन्धनका मोहन बहादुर बस्नेतले ३ हजार ८९३ मत र एमालेका शेरबहादुर तामाङ २ हजार २३५ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिंह श्रेष्ठले १७२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले ४८३ मत ल्याएकी छिन् । जसमा कांग्रेसका पूर्वमन्त्री बस्नेत १ हजार ६५८ मतान्तरले तामाङलाई पछाडी पारिरहेका छन् । यसक्षेत्रको प्रदेश सभा (क) मा गठबन्धन माओवादीका युवराज दूलाल शरदले ३ हजार ७३५ मत र एमालेका अमानसिंह तामाङले २ हजार १८९ मत पाए ,जसमा एकहजार ५४६ मतान्तर देखिन्छ । भने दुवै क्षेत्रका प्रदेश (ख) को मतपेटिका खोलिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्