मंसिर ७ — सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसको उम्मेद्वार मसिना खड्का भण्डारी विजयी भएकी छन् । आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार युद्ध विक्रम तामाङ भन्दा १ हजार १ सय ६२ मत वढी ल्याउदै खड्का बागमती प्रदेश सभामा निर्वाचीत भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत ल्याउदा एमालेका तामाङले १३ हजार ४ सय ९० मत पाएका छन् ।
सामाजिक गतिविधिलाई बढाउँदै लैजान राजनीतिको सहयोग लिन राजनितिमा
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रदेशसभा क्षेत्र नं. १‘क’ मा बाम–लोकतान्त्रिक गठबन्धनकी मसिना खड्का भण्डारीले जित निकालेसँगै उनको बारेमा चासो राख्नेहरु वढेका छन् । नेपाली काँग्रेसको बलियो पकड भएको क्षेत्रमा काँग्रेस नेतृ भण्डारीको लागी युद्ध विक्रम तामाङ बलियो प्रतिस्पर्धी देखिए । भण्डारीले समाजसेवाको माध्यमबाट आर्जन गरेको प्रतिष्ठा र महिला उम्मेदवारकैै कारणले प्रदेशसभा सदस्य बन्न अझ सशक्त बनाएको दावि गर्नेहरु छन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी भण्डारीले भुकम्प, कारोना महामारी, बाढीपहिरोलगायत विपदका क्रममा सिन्धुपाल्चोकको विभिन्न स्थानमा राहत सामाग्री वितरणलगायत समाजसेवाको काम गर्दै आएकी छन् । सिन्धुपाल्चोकबासीका लागि प्रतिबद्ध भण्डारीले प्रदेशसभा सदस्य बनेर जनहितका लागि गर्दै आएको गतिबिधि बढाउने योजना बनाएकी छन् । उनको योजना कार्यान्वयन पक्ष कूतो हुन्छ सबैले पर्खाईमा छन् । विजय भए पश्चात यस क्षेत्रको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कार्यमा डटेर लाग्ने र सिन्धुपाल्चोक क्षेत्र नं. १ ’क’का समस्या समाधान गर्न प्रदेशसभा सदस्य रहेर सदैव आवाज उठाइरहने प्रतिबद्धता भण्डारीको छ ।
आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका दृष्टिले देशकै समृद्ध बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला सिन्धुपाल्चोक अथाह सम्भावना बोकेको जिल्ला भएको दाबी गर्दै भण्डारीले बोलेका सिन्धुपाल्चोकको प्राकृतिक सुन्दरता, मौलिकता, मानवस्रोत, कृषि र पर्यटनको सम्भावनालाई समुन्नतिको आधारशीला बनाउन सकेमा समृद्ध सिन्धुपाल्चोकको सपना टाढा छैन भन्ने तर्क भण्डारीको छ । भण्डारीले आफ्ना सामाजिक गतिविधिलाई बढाउँदै लैजान राजनीतिको सहयोग लिने निर्णय गरेकी हुन् ।
उनले प्रदेशसभा सदस्य रहेर प्रदेशस्तरमा प्रदेशसभामा उपस्थित भई प्रदेशबासी तथा प्रदेश र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, संविधान जारी भएपछि निर्माण हुन नसकेका प्रदेशसँग सम्बन्धित ऐन कानुन यथासक्य चाँडो ल्याउन पहल गर्ने, प्रदेशलाई आर्थिक र पूर्वाधारको दृष्टिले थप सम्पन्न बनाउन संघ र स्थानीय तहको अधिकारसँग नबाझिने कानुन निर्माण गर्न सघाउनेलगायत ९ प्रतिबद्धता गरेकी छन् । यस्तै सिन्धुपाल्चोक क्षेत्र नं. १ ‘क’ को विकासका लागि १३ वटा मुख्य काम गर्ने संकल्प गरेकी छन् । सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिने तथा निर्माणाधीन काम समयमा सक्न ताकेता गर्ने, आवश्यक पर्ने स्थानमा पुल निर्माण, सडक स्तरोन्नति गर्न तथा भत्की बिग्री जिर्ण भएका संरचना पुनर्निर्माण गर्न प्रदेश सरकारलाई ताकेता गर्ने, प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी प्रदेशका विकास परियोजनामा यस क्षेत्रलाई प्राथमिकतामा राख्ने व्यवस्था मिलाउने प्रतिबद्धता गरेकी छन् ।
भण्डारीको घोषणपत्रमा व्यावसायिक र आधुनिक हुन नसकेको कृषिलाई भूगोलसापेक्ष नीति अंगिकार गरी कृषिजन्य उपजमा पूर्वी सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने तथा आलु, छुर्पी, जडिबुटी संकलन केन्द्र निर्माण गरेर यी उत्पादनको बजार व्यवस्था मिलाउन पहल गर्ने र यी काममा कृषि एम्बुलेन्स, चिस्यान केन्द्र आदिको व्यवस्था गर्न व्यक्तिगत पहलसमेत गर्ने उल्लेख छ । यस्तै शिक्षालाई शीप र रोजगारमूलक बनाउने, स्थानीय विद्यालयबाट उत्तीर्ण युवालाई राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय शिक्षा र शिक्षकको व्यवस्था गर्ने, लोकसेवामा प्रतिस्पर्धा गर्न चाहने युवालाई क्षेत्रमा आवश्यक तयारी कक्षाको बन्दोबस्त गर्ने उनको योजना छ ।
पाटी–पौवा, मन्दिर, गुम्बा आदिको संरक्षण गर्ने र तिनको अभिलेखीकरण गरी प्रबद्र्धन गर्ने, तातोपानीलगायत धार्मिक, सांस्कतिक र आध्यात्मिक सम्भावना बोकेका सम्पदा, भेसभुसा तथा भाषा, परिकार र पर्वको संरक्षण तथा प्रबद्र्धन गरी पर्यटन ‘हब’ को रुपमा विकास गर्ने, बन्जीलजस्तै अन्य साहसिक पर्यटनको सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माण गरी क्षेत्रमै रोजगारी सुनिश्चित गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने उनको योजना छ ।
यसैगरी सडक सुरक्षा, विपद्को पूर्वतयारीबारे तालीम दिने, विपद्को बेला एकअर्कालाई सहयोगी बन्न सक्ने सीप तथा कौशलको विकास गर्न सहयोग गर्ने उनले बताएकी छन् । स्थानीय तहमै आधारभूत स्वास्थ्य सेवा प्रबन्ध गर्ने, ठूला रोग वा ट्रमासँग सम्बन्धितबाहेक रोगको उपचार स्थानीय तहकै स्वास्थ्य केन्द्रमा पाउने व्यवस्थाको पहल गर्ने उनले दाबी गरेकी छन् । यस्तै, सिन्धुपाल्चोकको मुख्य व्यापारिक क्षेत्र तथा चीनबाट नेपाल प्रवेशद्वार तातोपानी नाका अबरुद्ध हुन नदिन प्रदेशसभास्तरमा पहल गरिरहने प्रतिबद्धता उनको छ ।
प्रतिक्रिया दिनुहोस्