२०८१ भाद्र २३
                           

क्षेत्र नं १ प्रतिनिधिमा सापकोटा ,प्रदेशमा सरल र खड्का, दुलाललाई लोकप्रीय मत

मंसिर ८,सिन्धुपाल्चोक
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा  क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (नेकपा माओवादी केन्द्रका)माधब सापकोटा (सुबोध) विजयी भएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दै विजयी भएका हुन। उनले ३० हजार ३७४ मत प्राप्त गरे । सरेश नेपालले भने २७ हजार १८ मत पाएर पराजित बने । राप्रपाका नारायण पाण्डेले १ हजार ६४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४९८ मत ल्याएका छन् ।
जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय सापकोटा पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।  सापकोटा  क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भईसकेका छन् ।

क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा खड्का
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भईसकेकी छिन् ।
एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन भने  एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।
क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा सरल
सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट  नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिद्धन्द्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को  मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३  मत ल्याएर पराजित भए  ।
दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा  क्षेत्र नं. १ को मतपरिणाम आईसकेको छ भने क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ । यहाँ गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा (गठबन्धन) माओवादी केन्द्रका युवराज दुलाल (सरद) विजयी भईसकेका छन् ।

सिन्धुपाल्चोक २ प्रदेशसभा ‘क’ मा दुलाल
सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा  बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) भारी मतले विजयी भएका छन् ।शरदले २० हजार ९ सय ६ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । एमालेका तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् ।
शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन ।  भने तामाङ विसं २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।

मेलम्ची र पाँचपोखरीको गणना पछि सबै परिणम आउने
प्रतिनिधिसभा क्षेत्र  नं २ को मत गणना अब मेलम्ची र पाँचपोखरीको गणना पछि सकिने छ । मोहनबहादुर बस्नेत, नेपाली काँग्रेसका उम्मेदवारले २६५९४ मत ल्याएका छन् भने  शेरबहादुर तामाङ, एमालेका उम्मेदवारले  १५०१५ मत पाउनु भएको छ । ११ हजार ५ सय ७९ मतले तामाङ पछि छन् ।
प्रतिनिधिसभा क्षेत्र  नं २, प्रदेशसभा २ मा हेलम्बुको मत गणना सकिदा समीर तामाङ , नेपाली काँग्रेसले ५१२७ मत ल्याएका छन् ।  , एमालका  हस्त पण्डितले ३६७६ मत ल्याएका छन् । १ हजार ४ सय मतले पण्डित लामा पछाडी छन् ।

प्रतिक्रिया दिनुहोस्