२०८१ भाद्र २३
                           

तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

मंसिर १२ – हिराहरि तेक्वान्दो डोजाङ ,चौतारामा जुनियर तेक्वान्दोखेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका नोर्गेल शेर्पा, लाक्पा शेर्पा , आर्यन श्रेष्ठ, हरियो निलो पेटिका साइमन तामाङ , र निलो पेटि तर्फ रुस्तम घिमिरे डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी श्री रामबहादुर घले डोजाङ कार्य समितिका सक्रिय सदस्य सबिन श्रेष्ठ, सिनियर खेलाडीहरु रिजन गौतम, प्रबिन घले र राजन दुलाल, मनिष सापकोटा, दिशान्त घिमिरे, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो ।

आफु पनि पुर्व खेलाडी भएकोले खेलाडीको मर्म, पिर, मर्का राम्रोसँग बुजेको हुनाले आफ्नो र संस्थागत रुपबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता खेलाडीमाज ५ न. वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि घलेले गर्नुभयो । अभिभावकको तर्फबाट रेवतीरमन नेपालले खेलाडीहरुलाइ शुभकामना तथा खेलले मानिसको जिवनमा पर्ने सकारात्मक असरबारे जानकारी दिनुभएको थियोे । साथै रातो कालो पेटीको र कालो पेटीको कोरियन प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

कार्यक्रम हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्