२०८१ भाद्र २३
                           

नवनिर्वाचित सांसदले प्राथमिकतामा राखेर काम गर्ने मेलम्ची बाढी प्रभावितको अपेक्षा

दिपक खत्री ÷  मंसिर १३,  सिन्धुपाल्चोक प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको जिल्ला हो । २०७८ असार १ र साउन १६ मा मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावितहरुले नवनिर्वाचित सांसदले बाढी प्रभावितको समस्यामा साथ दिने अपेक्षा गरेका छन् ।
मेलम्ची नगरपालिका – ११ का सरस्वती दुलालको घर सामान्य मर्मत पछि बस्न हुने अवस्थाको भएको  छ । दुलालको घर छेउमै मेलम्ची खोला बग्छ । हिउँदमा बस्न सक्ने भए पनि वर्षा सुरु भएसँगै घर छोडेर भाग्नुपर्ने बाध्यता छ । दुलाल भन्नुहुन्छ, “ आउछ कि लान्छ कि भनेर त्रास त्रासमा बस्नुपर्छ । ”
गत बर्ष गएको बाढी र पहिरोको कारण हेलम्बु, मेलम्ची र पाँचपोखरीमा २६ जनाको मृत्यु भएको थियो भने पाँच सय ५१ घर बगाएको थियो । बाढीकै कारण करोडौंको धन सम्पती नष्ट भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भयो । सिन्धुपाल्चोक बासी अब भने मेलम्ची नदी व्यवस्थापनको दीर्घकालिन उपाए चाहन्छन् । त्यसको लागि उनीहरूको अपेक्षा जनप्रतिनिधिसँग छ । स्थानीय रन्जित श्रेष्ठ भन्नुहुन्छ, “बस्ती बचाउन तटबन्ध निमार्ण, पुल ,पुननिर्माण जस्ता काम नया आउनु भएका जनप्रतिनिधिहरुले गर्नुहुन्छ भन्ने आशा छ । ”
नवनिर्वाचित संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधि मिलेर सिन्धुपाल्चोकमा विपदबाट हुने क्षति क मगर्न काम गर्नुपर्ने नागरिकको सुझाब छ ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । आफू अब योजनाबद्ध रूपमा विकासको काममा खट्ने बस्नेत बताउनुहुन्छ । बस्नेत भन्नुहुन्छ, “ बेलिब्रिज, मोटरेबल पुलका लागी हामी बजेट विनियोजन गराउनेछौ । नदीले कटान गरेका स्थानमा तटबन्ध निमार्ण देखि ठुला ठुला खेतियोग्य जमिन संरक्षण गर्ने कुरामा कार्यालय खडा गरेर काम गर्छौ । ”
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माधव सापकोटा प्रदेश क बाट मसिना खड्का र खबाट सरल सहयात्री पौडेल तथा क्षेत्र नम्बर –२ (क) बाट  युवराज दुलाल, प्रदेशसभा (ख) बाट कृष्णकुमार तामाङ विजयी हुनुभएको छ । विजयीले मेलम्ची संरक्षण र पुर्नस्थापना अभियानसँगै मेलम्ची,हेलम्बु क्षेत्रको समग्र पुनर्निर्माणमा  प्रत्यक्ष रुपमा प्रगति देखिन गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्