२०८१ भाद्र २३
                           

मङ्सिर २७ सम्म पुन मेलम्चीको पानी काठमाडौंमा पुग्ने मन्त्री चौधरीको भनाइ

तस्बिरः देवराज सुवेदी

१४ मंसिर, खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गते सम्ममा काठमाडौमा मेलम्चीको पानी बितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानीको कार्यप्रगती बुझ्न मेलम्ची खानेपानीको मुहान स्थल अम्बाथान पुग्नु भएका मन्त्री चौधरीले सके सम्म २५ गते र कुनै समस्या आएमा २७ गते भित्र पानी वितरण सुरु गर्ने बताउनुभएको हो ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबार देखि सुरुङमा हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिव १० देखि १२ दिन पछि काठमाडौ पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले अब अस्थायी रुपमा दिर्घकालीन रुपमै पानी पथान्तरणको लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न अध्ययन र त्यहाँको रिपोर्ट अनुसार सरकारले काम सुरु गर्ने बताउनुभयो । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षती नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्