२०८१ भाद्र २३
                           

सिन्धुपाल्चाेकका कैदीबन्दीकाे एच अाई भी परीक्षण

मंसिर १५- ३५अाैँ विश्व एड्स दिवस मा सिन्धुपाल्चाेकका कैदीबन्दीकाे एच अाई भी परीक्षण गरिएकाे छ । विश्व एड्स दिवसकाे अवसरमा बिहिबार सदरमुकाम चाैतारामा एक अन्तरक्रिया सहित परीक्षण गरिएकाे हाे । साे अवसरमा चाैतारामा रहेका ७१ कैदीबन्दीहरूकाे परीक्षण गरिएकाे र साे सबै परीक्षणमा नतिजा नेगेटिभ वा काेही कसैलाई पनि एच अाई भीकाे संङ्कमण नरहेकाे स्वास्थ्य कार्यालय चाैताराका प्रमुख अनुप अधिकारी ले जानकारि दिनुभयाे । जिल्ला स्वास्थ्य र जिल्ला कारागार कार्यालयकाे संयुक्त अायाेजनामा परीक्षण गरिएकाे हाे । बिहिबार नै अायाेजित अन्तरक्रिया कार्यक्रम मा चाैतारा अस्पतालका प्रमुख डाक्टर त्रिभूवनचन्द्र झाले एच अाई भीकाे उपचार एक मात्र भएपनि संक्रमित वा जाेखिममा रहेकाकाे बचाउका अनेकन उपाय रहेकाेले परीक्षण, उपचार र निदानमा सबै पक्ष लाग्नुपर्नेमा जाेड दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्