२०८१ भाद्र २३
                           

नवलपुरमा ग्रामीण आँखा अस्पताल संचालनमा आउदै

मंसिर १८ ÷ जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकको सन् २०२२ को वषर्मा सञ्चालित विभिन्न कार्यक्रमहरुको सामाजिक परिक्षण सम्पन्न भएको छ । द फ्रिड होल्डर्स फाउन्डेसनको आर्थिक सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं मार्फत सामुदायिक आँखा केन्द्र चौताराले गरेका कामको सामाजिक परिक्षण गरिएको हो । कार्यक्रममा परियोजनाहरूले गरेका काम र भएको प्रगती बारे जानकारी गराइएको थियो ।

मेलम्ची , बाह्रविसेमा समेत यस अघि ग्रामीण आँखा अस्पताल सेवा प्रारम्भ गरिसकेको प्रतिष्ठानले अबको केहि दिनमा इन्द्रावतीको नवलपुर बाट समेत ग्रामीण आँखा अस्पताल नियमित संचालन गर्ने कार्यक्रम ईन्चार्ज नविन राजवंशीले बताउनुभयो । आगामी दिनमा उपचार केन्द्रको स्तरोन्नति गर्दै लाने र यस क्षेत्रमा रहेका हरेक प्रकारका आँखा रोगीलाई सुविधा दिने उद्देश्यले ग्रामीण आँखा अस्पताल स्थापना गरीन लागेको राजवंशीको भनाई छ ।

केन्द्रले दृष्टि जाँच, आँखा पावर जाँच, सूक्ष्मदर्शक यन्त्रद्वारा आँखा जाँच देखि आँशु नली , आँखा चाप,सामान्य शल्यक्रिया , चस्मा र औषधी वितरण सेवा प्रदान गर्दै आएको सामुदायिक आँखा केन्द्र चौताराका प्रमुख रुपा लुईंटेलले बताउनुभयो ।
जिल्लाको विभिन्न स्थानमा शिविर गर्दै पहिचान भएका मोतिया विन्दुका बिरामीलाई जिल्ला सामुदायिक आँखा केन्द्र चौतारा सिन्धुपाल्चोकमा निःशुल्क शल्यक्रियाको व्यवस्थाले द्येरैले राहत पाउँदै आएका छन् । केन्द्रले गर्ने शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरण समेत हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्