२०८१ भाद्र २३
                           

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १ दिने अभिमुखीकरण कार्यक्रम ईखुमा सम्पन्न

चौतारा , २३ मंसिर
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत  यस वर्ष ‘सभ्य समाजको पहिचान  ःलैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ १६ दिने अभियान कार्यक्रम सिन्धुपाल्चोकमा पनि जारी छ । मङ्सिर ०९ गतेबाट  देशैभर सुरु भएको यो अभियान मङ्सिर २४ गते सम्पन्न हुनेछ । अभियानको क्रममा बिहिबार जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिको वडा नम्बर ८ ईर्खुमा १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

इर्खुमा आयोजित कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर सिता थापाले कमजोर आर्थिक अबस्था , परनिर्भरता तथा बेरोजगारी मुख्य कारण देखिएकाले छोरी बुहारीलाई उच्च शिक्षा सम्मको अध्ययन गराएर उनीहरुले आफुलाई चाहिने खर्च धान्न सक्ने अबस्था भएमा हिंसाका घट्नामा न्युनिकरण तथा पीडित भएमा प्रतिवाद गर्न सक्ने हुने विश्वास व्यत गर्नुभयो ।

साथै लैङ्गिक हिंसाका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउदै यो कार्यक्रममले समुदायमा जनचेतना जगाउन सहयोग पुग्ने र यस्ता कार्यक्रममा महिला दिदिबहिनिहरुको  सहभागिताले थप ऊर्जा प्रदान गरेको उपमेयर थापाले बताउनुभयो ।
कार्यक्रममा सञ्जालका उपाध्यक्ष  , कोषध्यक्ष  , सदस्य ,कार्यपालिका सदस्यहरुको उपस्थीतीबिच सम्भाब्यताको बिषयमा अन्तरक्रिया छलफल भएको थियो ।

सिर्जनशील किशोर किशोरी समुह इर्खु र ८ न.ंवडा स्तरीय महिला सञ्जाल चौताराको संयुतm आयोजना र नगरको सहयोगमा उतm कार्यक्रम सञ्चालन गरिएको हो । सोहि कार्यक्रम बुधबार चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ६ मा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्