२०८१ भाद्र २३
                           

मेलम्चीमा बेलिब्रिज बनाउन सकियो सर्भे

मंसिर २३, मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलिले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाई र ५दशमलब ६० मिटर चौडाई पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै फट्टेमा ८७ मिटर लम्बाई र ७ मिटर चौडाई पुलको पनि सर्भे गरिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम नागरीक समक्ष गरेको बाचा पुरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ समिरले बताउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २का सघिंय सांसद मोहन बहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिनुभयो । बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताउनुभएको थियो । पक्की पुल बाढिले बगाएपछि मेलम्ची नगरपालिका, ईन्द्रावती गाउँपालिका र पाँंचपोखरी थाङ्पाल गाउँपालिकाका नागरीकले सास्ति भोग्दै आईरहेका थिए । सो पुल बन्दा मेलम्ची, ईन्द्रावती र पाँचपोखरी गाँउपालिकाका नागरीक लाभान्वित हुने छन् ।

तत्कालको लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिक रुपमा पक्कि पुलको काम पनि अगाडि बढ्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । फट्टे हुँदै दुवाचौर र तालामाराङ बाट भटार दुवाचौर जोड्ने पुलका लागि  सर्वे गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्