२०८१ भाद्र २३
                           

भोटेचौरका रामहरि चौलागाईलाई युरोपको चर्चित टेक्नोलोजिकल युनिभर्सिटिको डबल डिग्री उपाधी

मंसिर २५ / सिन्धुपाल्चोकको भोटेचौरको एक कुनामा जन्मिएर सिन्धु पुरानागाउँ मावि सिन्धुुकोटबाट २०४० सालमा एसएलसी उत्तिर्ण गरेका रामहरि चौलागाईले युरोपको चर्चित टेक्नोलोजिकल युनिभर्सिटी अफ शाननबाट आज डबल डिग्रीको उपाधी हासिल गर्न सफल भएका छन् । सात वर्ष लामो डिग्री तहको कोर्सपछि यही नोभेम्वर २ मा आयोजित समारोहमा मास्टर्स डिग्रीको उपाधी दिइएको हो ।

युरोपको आयरल्याण्डस्थित मिडल्याण्ड मिडवेष्टमा रहेको सो विश्व विद्यालयमा सात वर्षको कोर्स पुरा गरेपछि आज आयोजित समारोहमा डबल डिग्री प्राप्त गरेका हुन् । सिन्धुपाल्चोक भोटेचौरमा जन्मिएका चौलागाई एसएलसी गरेर तत्कालिन गाउँपञ्चायतको सचिव बनेका थिए । बहुदलको स्थापनासँगै सरकारी जागिर छोडेर राजनीति र समाजसेवामा सक्रिय चौलागाई कांग्रेसको जिल्ला कार्य समितिमा रहेर काम गरेका थिए । पिपल्स क्याम्पसमा उच्च शिक्षा, त्रिचन्द्र क्याम्पसबाट स्नातक उत्तिर्ण गरेका चौलागार्ई राष्ट्रिय समाचार समिति र गोरखापत्रमा समेत रिपोर्टर बनेर काम गरेका थिए ।

सिन्धुपाल्चोकको विकास र समृद्धिमा भूमिका खेलेका चौलागाई मेलम्ची क्षेत्र विकास समितिको अध्यक्ष भएर समाज सेवा समेत गरेका थिए । उनले मेलम्ची काठमाडौं ल्याउने परियोजना प्रभावित स्थानीयबासीको सिन्धुबासीको हक अधिकार संरक्षण गर्न आवाजलाई बुलन्द पारेका थिए । चौलागाई अध्यक्ष रहेको मेलम्ची क्षेत्र विकास समितिले एडिबी र विश्व बैंकसँगको सहकार्यमा तयार पारेको प्रस्ताव बमोजिम मेलम्ची आयोजना प्रभावित क्षेत्रका जनताको लागि मोटरबाटो, बिजुली, पानी लगायतका पूर्वाधार तयार पारिनुुका साथै मुआब्जा र क्षतिपूर्ति निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्