२०८१ भाद्र २३
                           

समन्वय समिति सिन्धुपाल्चोकको पाचौं जिल्ला सभा सम्पन्न

मंसिर २८ ÷ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र  नं। २ का सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।०८० को नीति कार्यक्रम तथा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश एंव संघ सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्लामा रहेका स्थानिय तहका प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष सहित जिल्लाका ६ जना सांसदहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण गरीरहेको उल्लेख गर्नुभयो ।  यस्तै सिन्धुपाल्चोक  क्षेत्र  नं। १ का सांसद माधव सापकोटाले पुर्वाधार, आर्थिक र सामाजिक विकासमा स्थानिय तहलाई अगाडि ल्याएर काम गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका लागी संघिय र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९।८० का लागी १ करोड ४१ लख  ९२ हजार खर्च सिमा प्राप्त भएको समन्वय समितिका उपप्रमुख  पदमनाथ नेपालले बताउनुभयो ।  समन्वय समितिले प्राप्त अनुदान रकमलाई कर्मचारी तलब , महंगी भत्ता, भ्रमण भत्ता , इन्धन ,सवारी मर्मत, अनुगमन र अध्यन भ्रमण जस्ता अनुत्पादनक  क्षेत्रमा रकम प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।

पाचौं जिल्ला सभा मार्फत प्रदेश र संघमा निर्वाचित सिन्धुपाल्चोकका सांसदहरुलाई सम्मान समेत गरीएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बाल कृष्ण श्रेष्ठको  अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्