२०८१ भाद्र २३
                           

राजानन्द माण्डव्य जो राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकका निम्ति लडिरहेका छन् !

सुरेस तिमल्सिना , पौष २ – पाँचौं राष्ट्रिय झण्डा दिवस सम्पन्न भएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । हिजो शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली गरि पाचौं झण्डा दिवस सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनु भयो ।

नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको र झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा समेत माण्डव्यले जोड दिएका दिनु भयो  ।राष्ट्रको स्वाभिमान झल्काउने र नेपालीको प्रतिनिधित्व गर्ने भएकाले झण्डालाई दुरुपयोग नगर्न र राष्ट्रिय झण्डाको सम्मान गर्न उहाले  सबैलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्