२०८१ भाद्र २३
                           

४ वर्ष पछि फरार अपराधी पक्राउ

पौष ६ ÷ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ४ वर्ष पछि फरार अपराधी पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत सम्मानित झापा जिल्ला अदालतको २०७५ भदौ २५ गतेको फैसलाले चोरी मुद्दामा कैद २ दिन र जरिवाना एक लाख एक हजार दुई सय उन्नचास सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जुगल गा।पा। वडा नं।१ बस्ने वर्ष ३१ को बलदेव थापालाई पक्राउ गरेको हो ।
फरार रहेको थापालाई ४ वर्ष पछि उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको कैद र जरिवाना असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार वुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्