२०८१ भाद्र २३
                           

डिजेल चोरी गर्न प्रयोग गरिएको बोलेरो नियन्त्रणमा

पौष ९ ,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिजेल चोरी गर्न प्रयोग गरिएको बोलेरो नियन्त्रणमा लिएको छ । डब्बा गाडीको डिजेल ट्याङकीको ताला फुटाई चोरी गर्न लागेको समयमा उनिहरुले प्रयोग गरेको बोलेरो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बा ४ च ४०५१ नम्बरको बोलेरो गाडिमा चार जना व्यक्ती आई भोटेकोशी गाँउपालिका वडा नम्बर ४ चारकिलो स्थित सडक किनारमा पार्कीङ गरी राखेको ना ३ ख ७६२६ नम्बरको डिब्बा गाडिको डिजल चोर्न प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुुढाथोकीले जानकारी दिनुभयो ।

शनिवार स्थानीयबासीले आफुहरुले देखेर नियन्त्रणमा लिन खोज्दा फरार भएको भन्ने सुचना पछि तत्काल प्रहरी टोली खटि उक्त बोलेरो गाडी र गाडि पछाडि राखिएको २० लिटरको ५ वटा र ५० लिटरको १ वटा गरी जम्मा ६ वटा खाली ग्यालिन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न फरार भएकाहरुको खोजिकार्य भईरहेको र थप अनुसन्धान कार्य जारी रहेको छ ।

अवैध उत्खन्न गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

शुक्रबार ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले अवैध उत्खन्न गर्ने स्काभेटर र टिपरहरु नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगपालिका वडा नं.५ खोराङ्ग दोभान स्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

बा २ क ५५४६ नं.को चेनवाला स्काभेटर र बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृया अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक शिव कुमार बुुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्