२०८१ भाद्र २३
                           

कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

निर्मल बस्नेत ,पौष १६ — नेपाल सोतोकान कराते संघ जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा प्रथम बाग्मति प्रदेश स्तरिय २ दिने सोतोकान कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिमा चौतारा साँगाचोकगढी नगरलिकाका टिम च्याम्पियन बनेका छन् ।जुगल गाउपालिकाको ढाँडेमा शुक्रबार बाट सञ्चालन भएको प्रतियोगितामा जुगल गाउँपालिका शाखा डोजो द्दितीय र मेलम्ची नगरपालिका तेस्रो हुन सफल भएका छन् । प्रतियोगितामा बाह्रबिसे नगरपालिकाको खेलाडी अनुशासित छनोट भएका छन् । महिला खेलाडीमा काठमाडौका सम्झना भुजेल र पुरुष तर्फ सुवास श्रेष्ठ उत्कृष्ट खेलाडी छनोट भई पुरस्कृत भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले खेलाडीहरु प्रथमलाई रु ३० हजार, द्दीतीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरेका हुन् । यसबाहेक प्रत्येक तौलसमूहको प्रथम हुनेहरुलाई जनही रु ५ हजार नगद प्रदान गरिएको छ ।
२०७३ सालमा आयोजित नबौँ एन एस के ए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सामेल भई स्वर्ण पदक हासिल गरेको जुगल गाउँपालिका ४ का देबेन्द्र लामिछाने ९बिमल० र २०६९ सालमा आयोजित नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का बिजय श्रेष्ठलाई सम्मान गरिएको छ ।

कार्यक्रमका अतिथि र रेफ्रीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने आर्थिक सहयोग पुर्‍याउनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेशम स्याङ्वोले खेलकुदले मानिसहरुको आापतकालिन अवस्थाको प्रतिरक्षा गर्न र स्वास्थ जिउन मद्धत पुग्ने भन्दै खेलकुदको बृति र बिकासमा गाउँपालिकाले योजना बनाएको छ । र, कार्यनयन गर्न सम्बद्ध पक्षसंगको सहकार्यमा अघि बढ्ने उद्घोष गरे । अन्य अतिथिहरुले खेल क्षेत्रको उन्नयनको कामना गर्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

१५ गतेको उद्घाटन कार्यक्रम नेपाल सोतोकान करातेका केन्द्रित महासचिब श्याम शेर्पाको प्रमुख आतित्थ्यता र समापन कार्यक्रम जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको प्रमुख आतिथ्यतामा भएको हो । राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधि राजेश बहादुर श्रेष्ठ ,जुगल गाउपालिकाका वडा अध्यक्षहरु रबिन्द्र घिमिरे , चन्द्रकाजी लाला लामा बिभिन्न राजनीति दलका प्रतिनिधिहरु, र बिभिन्न जिल्लाका प्रतियोगिहरुको सहभागिता र अन्य खेलप्रेमीहरुको उपस्थितिमा संघको प्रथम उपाध्यक्ष रेशम सुन्दाशको ब्यवस्थापनमा संघको महासचिब नवराज भट्टराई को सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्