२०८१ मंसिर ६
                           

सिन्धुपाल्चोककै अग्रणी शैक्षिक संस्था कृष्ण रत्नगंगा माविका ७६ औँ वार्षिकोत्सव सम्पन्न

पौष १९ ÷ सिन्धुपाल्चोककै अग्रणी शैक्षिक संस्था सदरमुकाम चौताराको कृष्ण रत्नगंगा माविले स्थापनाको ७६ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक भेला सम्पन्न भएको छ । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले वार्षिकोत्सवको उद्घाटन गरेका गर्नुभएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राले गीत, नृत्य लगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिता तथा कक्षगत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यालयले शिक्षिका चिनिमाया तामाङ, सहयोगी कल्पना श्रेष्ठलाई उत्कृष्ट कर्मचारी तथा शारदा खड्कालाई उत्कृष्ट अभिभावक घोषित गर्दै नगदद्धारा सम्मानित हुनुभयो । यो वर्षबाट दुखि प्रकाशनका कार्यकारी प्रमुख सुरेस कसजुले उत्कृष्ट कर्मचारीको लागी कोषको सुरुवात समेत गर्नुभएको छ । जनही ३ हजार रुपैयाँका दरले पुरस्कृत गरीएको हो । पूर्वविद्यार्थी डा. शम्भुप्रसाद दंगाल, बालकृष्ण बस्नेत लगायत सहयोगी दातालाई सम्मान गरेको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक स्वर्गीय भक्तध्वज प्रधान र स्वर्गीय समुन्द्रनाद श्रेष्ठको अर्धकदको सालिक निर्माण गरेको छ । निवर्तमान सभामुख सापकोटाले उक्त प्रतिमाको अनावरण गर्नुभयो । व्यक्तिगत जग्गा दान गराउँदै विद्यालय स्थापनामा उहाँहरुको योगदानको कदर र सम्मान गर्दै प्रतिमा निमार्ण गरेको विद्यालयले जनाएको छ ।
श्री कृष्ण रत्न गंगा माविको ७६ औँ बार्षिकउत्सव तथा ४७ औँ अविभाबक भेलालाई सम्वोधन गर्दै निवर्तमान सभामुख सापकोटाले प्रविधिको विकासलाई बिचारले सम्हालेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सापकोटाले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने प्रण गर्नुभयो । सम्मान , पुरस्कार , सौन्दर्यात्मक साँस्कृतिक प्रस्तुतीले मनोरञ्जनात्मक भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्