२०८१ मंसिर ७
                           

“सर मलाई पढन छोडेर नाटक खेल्ने हैन भनेर घरमा गाली गर्नु भयो” !

लेखक कृष्णप्रसाद धिताल

“सर मलाई पढन छोडेर नाटक खेल्ने हैन भनेर घरमा गाली गर्नु भयो” !

मिति २०७९ कातिर्क ०३ गते म्यासेन्जमा एउटा म्यासेज आयो । म्यासेज थियो एलिना मिसको करिब ७ बर्ष पहिला उहाँ संग मेरो परिचय भएको थियो । नाटकको तालिममा जहाँ उहाँ पनि एक सहभागी हुनुहुन्थ्यो । उहाँ संगको नाटक अभियान सकिएपछि आँक्कल झुक्कल बाहेक खासै कुराकानी भएको थिएन । धेरै समय पछि उहाँको म्यासेज आएपछि पुन चायल्ड नेपालबाट केहि कार्यक्रम फेरि गर्नु पर्ने भयो होला भन्ने अनुमान लगाएर म्यासेज हेरे , (पहिला हाम्रो चिनजान हुदा उहाँ चाइल्ड नेपालमा कार्यरत हुनुहन्थ्यो )उहाँले एउटा नाटक तयारी गर्नु पर्ने छ सर, हजुरको नम्बर दिनु न मैले हजुरलाई सिफारिस गरेको छु । अफिसबाट हजुरलाई फोन गर्नुहुन्छ , त्यसपछि खुशीको सास फेरे यसकारण पनि कि मैले एकपटक सहकार्य गर्न पाएको संस्था या ब्यतिm संग पटक पटक काम गरिरनै रहेको हुन्छ । सायद आफनो सफलताको मापन गर्ने एउटा माध्यम यो पनि हो भन्ने लाग्छ । काम भन्दा पनि स्वार्थ जोडिनेहरु संग चाहि नभएको पनि हुनसक्छ । तर त्यस्तो भएको सम्झना छैन । उहाँ संगको कुराकानी पश्चात थाहा भयो कि उहाँले पुरानो संस्था छोडेर नयाँ संस्थामा काम गर्न थाल्नु भएको रैछ । विराट नेपाल मेडिकल ट्रष्टमा ।

त्यसपछि बिचमा केहि कुराकानी भएन मंसिर ४ को चुनाव पनि सकियो । त्यो कार्यक्रम गर्ने भनेको कुरा पनि सकियो होला भनेर आफनै काममा लागियो । तर एकदिन साँझ पख नयाँ नम्बरबाट फोन आयो हेरे मात्रै गाडीमा थिए । गाडीको कोलाहाल पुर्ण वाताबरणमा नयाँ फोन उठाउन अलिक जाँगर लागेन । फेरि फोन आयो , साँझ परेको थियो । त्यो बेला एउटा नयाँ काम केहि गर्न सकिन्छ कि भनेर केहि सिर्जनशिल साथीहरु संगको जमघटमा थिए । “नमस्कार सर म सफल जंग कुवँर” निकै मिठो र मिजासिलो आवाजमा आएको बोलीले म नयाँ मान्छे संग गफ गर्दै छु भन्ने अनुमान लगाउन मलाई कठिन भएन । उहाँले एलिना मिसले हजुरको नम्बर दिनु भएको भने पछि मैले सबै कुरा अनुमान लगाईहाले । चुनाव अगाडी भएको कुरा चुनाव पछाडी भएकोले त्यो कुरा मेरो दिमाखमा थिएन । सायद नगर्ने भए या अरु कोहि खोजेर गराए । “एउटा नाटकको फ्रेम तयार छ सर इन्द्रवति गाँउपालिका बडा नम्बर १२ मा अबस्थित श्री भिमेश्वरी मा.वि का भाईबहिनीहरुले त्यहि कथालाई नाटक पनि तयार पारेका छन । त्यसमा के नमिलेको नमिलेको जस्तो भयो सर, हजुरले सहजीकरण गरिदिनु पर्यो । कार्यक्रम पुष ३ गते नवलपुर मा.वि मा देखाउने प्रमुख अतिथि गाँउ पालिका अध्यक्ष झम्क नेपाल हुनुहन्छ” । यो २५ गतेको कुरा थियो । ठयाक्कै एक हप्ता बाँकी छ । यो कुराले मलाई अलिक तनाब भयो । नाटक सिकाउने कुरा एक हप्ता पनि समय छैन ।

बिद्यार्थि भाईबहिनीहरु कस्तो छन ? कस्तो नाटक तयार पारेका होलान ? मलाई नाटक सिकाउने भनेपछि धेरै ठुलो जोखिम मोल्न जादैछु भन्ने भान हुन्छ । “भोलि नै म तपाईको सम्झौता पत्र माथि केन्द्रमा पठाउछु । केन्द्रको अफिसले स्विकृत दिएपछि शुरु गरौ पाँच दिन तपाईले टाईम मिलाउनु त्यही अनुसार गरौ है सर” भन्ने सहमति भयो । कुराकानीको क्रममा कुवँर जीले अलिक आन्नद के कुरामा बनाउनु भएको थियो भने कथा तयार छ । त्यो कथा तपाईले हेर्नु र थपघट गर्ने तपाईलाई पुर्ण अधिकार पनि छ । त्यो कथामा बिद्यार्थीभाई बहिनीहरुले उनीहरुकै स्कुलमा नाटक बनाएर देखाईसकेका पनि छन । उनीहरुले तयार पारेको डेमो हेर्नु त्यसपछि के गर्ने तपाईको जिम्मा त्यो, त्यो कुराले निक्कै सहजताको महशुस त गरायो, तर नहेरि सहजता असहजता मुल्याङन गर्ने अबस्था थिएन ।

सबै कुराकानी टाकटुक मिल्यो । मंसिर २८ गते बाट प्रशिक्षण शुरु गर्ने सहमति भयो । म २७ गते बेलुका इन्द्रावति ११ मा गएर बसे । भोलिपल्ट २८गते ११ बजेबाट शुरु भयो । सहभागी बिद्यार्थी ११ जना थिए । उनीहरु संगको चिनजान र म पनि बिद्यार्थीहरु जस्तै सामान्य मान्छे हुँ । हामीमा केहि फरक छैन है ! हामी सबै बराबर हो है ! भन्ने महशुस गराउन करिब ३ घन्टा समय लाग्यो यति भएपछि सिकाईमा यति सहजता आँउछ कि उनीहरु डराउछन पनि,मजाक पनि गर्छन , हामी जस्तै साथी हो भन्ने महशुस पनि गर्छन । सबै कुराहरु निर्धक्क सेयर पनि गर्छन । उनीहरुले तयार पारेका नाटक करिब १५ मिनेटको हेरिसके पछि म के ढुक्क भए भने बिद्यार्थीले बोल्न सक्ने रहेछन । र कसलाई कति सम्म गराउन सकिन्छ भन्ने बुझेपछि आफैलाई आत्मबिश्वास बढेर आयो । कथा सफल सरले पहिल्यै पठाउनु भएकोले त्यसको काँटछाँट गरिसकेको थिए । चार दिन लगातार धेरै भन्दा धेरै समय विताउने,सिकाउने योजनामा अगाडी बढे । स्क्रिप्ट तयारी तथा सुधार नाटकको शुरुवात अन्त्य गर्ने तरिका, नाटकमा सम्वाद प्रस्तुतीकरण, हाउभाउ र भेषभुषाको सहि प्रयोग र आवश्यकता प्रदर्शनका क्रममा त्रुटी भएहालेमा नाटकमा सुधार गर्ने तरिका लगायत धेरै भन्दा धेरै कुराहरु सिकाउने तयारीमा जुटे । तर बिद्यार्थी भाई बहिनीहरु संग रहदा समय ब्यवस्थापन गर्न निकै कठिन हुने भोगाई मेरो सधै हुन्छ । भिमेश्बरीमा नहुने कुरा भएन । सिकाउने कुराहरु धेरै अधुरोनै रहन्छ ।

नाटक सहजीकरण गर्दै बिभिन्न प्रकारका भोगाई अनुभब रहे । एकदिन कथाको मुख्य पात्र आमाले भनिन “सर मलाई पढन छोडेर नाटक खेल्ने हैन भनेर घरमा गाली गर्नु भयो । म हाप टाईम र शनिबार मात्रै आँउछु नि ल ?” भनेपछि मैले हुदैन भन्न सक्ने अबस्था थिएन । किनकि पाँच गतेबाट परिक्षा शुरु हुदै रहेछ । उनलाई हुन्छ भने तर सबैलाई राखेर मैले भने “हेर हामी समाजमा भएका तमाम बेतिथीलाई परिबर्तन गराउन सकिन्छ भनेर लागेका छौ । हामी नाटक माफर्त समुदायमा चेतना जगाउन खोज्दैछौ । तर हामी हाम्रो परिवारलाई नै बुझाउन सक्दैनौ भने हामीले समाजलाई नाटक माफर्त सिकाउनु को अर्थ हुदैन है भन्र्थे ।

त्यस्तै अर्को दिन शनिवार सबैलाई स्कुलमै खाना खाने गरि बिहानै ७ बजे आउन भने किनकी अरु बेला पनि २ विषय पढी सकेर नाटक सिक्ने काम शुरु हुन्थ्यो ,यता उती गर्दा दैनिक ४।५ घन्टा मात्र समय हुन्थ्यो । गर्न बाकी धेरै थियो । शनिबार बाहिर चौरमा सिकाउदै थिए, एक जना बिद्यार्थी भाईले डाइलक बारम्बार बिर्सन थाले, आफनै शुरुमा हिडन बोल्न थाले , त्यो देखेर पुन मेरो दिमाख खान थाल्यो । भोलि नाटक शो अहिले कलाकारको अभिनय यस्तो छ ,त्यो देखेपछि उसलाई सोधे के भयो तिमीलाई ? हिजो अस्ति त्यति राम्रो गरेको मान्छे के भयो ? उनले भने “मलाई त तनाव भयो सर, पर्सीबाट जाँच छ । कसरी गर्ने भनेर सोचेको सोच्यै छु सर” लु मलाई पर्यो अर्को फसाद ! त्यसपछि सबैलाई राखेर पुन सम्झाए , के तिमीहरुले अहिले चाहि केहि सिकेको छैन ? अनि पर्सी हुने जाँच अन्तिम जाँच हो ? हाम्रो नाटक हेर्न भोलि नवलपुरमा इन्द्रावति गाँउपालिका भरिका बिद्यार्थीहरु आँउदैछन । अनि भोलि नाटक बिग्रयिो भने तिमीहरुलाई संस्थाले जुन बिश्वास गरेर यो अबसर दिएको छ, भोलि फेरि यस्ता अबसरहरु पाईन्छ होला ? नाटक बिग्ररियो भने हाम्रो बिद्यालयको इज्जत के हुन्छ होला ? अहिले हामी भोलिको लागि लागौ परिक्षाको लागि एक दिन समय बाँकी नै रहन्छ । यो अन्तिम परिक्षा पनि हैन । त्यसकारण भोलि हामी राजा हौ । हामीलाई हेर्न हजारौ मान्छे आँउछन हामी शानदार संग नाटक देखाउनेछौ । यदि बिगरिएछ भने पनि पुर्ण आत्मबिश्वासका साथ बिगार्नेछौ कि बिगारेको हामीलाई थाहा हुनेछ । नाटक हेर्नेहरुले मेलोमेसो केहि पाउने छैनन । भनेपछि ओके सर भन्दै उठे नभन्दै नाटक राम्रो पनि गरे । शानदार संग बिगारे पनि ! तर बिगारेपनि दर्शकबाट ताली पाए । म जहिल्यै पनि बिद्यार्थीभाई बहिनीहरुलाई अनि आयोजकहरुलाई भन्छु नाटक भनेको कलाकारहरुको हो फिल्म भनेको निर्देशकको हो ।

चार दिन भिमेश्बरी मा.विमा रहेर नाटक प्रशिक्षण गरिरहदा बिद्यालयका प्र.अ कृष्णप्रसाद श्रेष्ठ सरको आत्मियता,बिराट नेपाल मेडिकल ट्रष्टका सरहरु राकेश खडका,मुकेश अधिकारी संग हामी त धेरै पुरानो चिनजान भएको जस्तो आत्मिय ब्यवहार, सहजीकरण अनि ट्रष्टका सिन्धुपाल्चोक प्रमुख सफल सरको दैनिक अपडेट , दुख सुख,गाह्रो अप्ठारो दैनिक सोध्ने हादिर्कताले काममा थप उर्जा मिलेको थियो । भाईबहिनीहरु संगको सामिप्यताले छोडेर आएपछि पनि धेरै समय सम्म त्यहि सम्झनाले सताईरहयो । बिद्यालयमा रहदा बिद्यालयको नियमले निक्कै आकर्शित गर्यो । कार्यलय सहयोगी दिदिको हातमा दैनिक दुईबटा फारम भर्नुपर्ने नियमले मन छोयो । एउटा आफुले कति बजे के काम गरेको, अर्को, दैनिक बिद्यार्थी कति उपस्थिती भए । त्यस्तै बिद्यार्थीहरुले शिक्षकहरुको रेकर्ड राख्ने,कुन शिक्षक कतिबेला आए,कतिबेला गए । नआउनुको कारण के हो ? ९ः४० मा सबै शिक्षक बिद्यार्थी बिद्यालयमा उपस्थिती भैसक्नु पर्ने नभए शिक्षक बिद्यार्थी दुबै गेट बाहिर नै बस्नुपर्ने, एसेम्ली सकिएपछि मात्रै भित्र छिर्न पाउने,महिनामा २.४ पटक शिक्षकहरुको समिक्षा बठैक लगायतका नियम र त्यसको कडाईपुर्वक कार्यन्यन साच्चै अरुले सिक्न लायक बिद्यालयको रुपमा पाए ।

पाँच दिनको नाटक प्रशिक्षणबाट नाटकको महत्व अझै बढदै गइरहेको महशुस भयो । अझ बिभिन्न संघ संस्थाहरुले यसको महत्वलाई अझै बढि प्रष्ट पारिदिने काम भएको छ । नाटककले मनोरञ्जन मात्रै दिदैन , चेतना ज्ञान र नाटककमा अभिनय गर्ने कलाकारले जीवनलाई नजिकबाट बुझने अवसर पाँउछन । सबैको सामु बोल्न सक्ने क्षमताको बिकास हुन्छ । समाजलाई नजिकबाट नियाल्न सक्ने बनाउछ । गैर सरकारी संघ संस्थाहरुले नाटकको महत्व र त्यसको प्रभावकारितालाई बुझिरहदा राज्यले नाटकलाई कहिले बुझला खै ??????

 

कृष्णप्रसाद धिताल (चिरिच्याँट्ट)

रंगकर्मी

प्रतिक्रिया दिनुहोस्