२०८१ भाद्र २३
                           

चौतारामा खुला जिमशाला सञ्चालन

पौष २६ , चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा मंगलबारदेखि खुला जिमशाला सञ्चालनमा आएको छ । नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ चौतारा साँगाचोगगढी नगरपालिकाले सुरु गरेको खुला जिमशालाको आज मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको जिकिर गर्दै उहाँले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नु भयो । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, पूर्वमेयर अमानसिं तामाङ लगायत वक्ताहरुले व्यायमशालाको महत्व र औचित्यमाथि चर्चा गर्नु भएको थियो । सञ्चारकर्मी टीकाप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व नगर खेलकूद विकास समितिका उपसंयोजक अमृतमान श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्