२०८१ भाद्र २३
                           

वनदेवीको २५ औं वार्षिकोत्सव सम्पन्न

पौष २६ , चौतारा साँगाचोकगढी नगरपालिकाव वडा न ५ स्थित बनदेवी माध्यमिक विद्यालयको २५ औ वार्षिकोत्सव एक समारोहका बीच सम्पन्न भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा मंगलबार विद्यालयले आफ्नो २५ औं बार्षिकोत्सव मनाएको हो ।

प्रधानाध्यापक दीपक राईले समारोहमा विद्यालयको वार्र्षिक प्रगति विवरण मात्र प्रस्तुत गर्नु भएन, आगामी दिनमा गर्ने कार्ययोजना पनि प्रस्तुत गर्नु भएको थियो । अध्ययनरत बालबालिकाहरुको आकार्षक नृत्य, गीत र विविध प्रतिभाको प्रदर्शन रहेको कार्यक्रममा प्रमुख अतिथि सापकोटाले समग्र शैक्षिक समृद्धिका लागि नगरले नयाँ योजना बनाइरहको बताउनु भयो ।

पूर्व साँसद सुभाष कर्माचार्य, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रम शिक्षक दिलबहादुर कार्कीको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन विकको सभापतित्वमा भएको थियो भने स्वागत शिक्षक आमोन ढुँगेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्