२०८१ पुष १२
                           

कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा आचार्य

सिन्धुपाल्चोक ,२७ पुस
कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा बुद्धिप्रसाद आचार्य चयन हुनुभएको छ ।बुधबार सम्पन्न  इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट बुद्धिप्रसाद आचार्यको अध्यक्षतामा ८ सदस्सीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भरतप्रसाद तिमल्सिना,सचिव नेत्रप्रसाद आचार्य,कोषाध्यक्ष समुन्द्र आचार्य चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पदम तामाङ, शेषकुमारी सापकोटा, बबिता परियार ,डोल्मो तामाङ चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

अधिवेशनले लेखा समिति संयोजकमा यादव प्रसाद आचार्य , सदस्यहरुमा मुक्तिनाथ आचार्य र बिन्दा ढुंगाना चयन गरेको छ भने सल्लाहकार समितिमा संयोजक प्रतापसिंह तामाङ,भवनाथ आचार्य र रामजी थापालाई चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्