२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा सम्पन्न ,यस्तो छ अहिलेसम्मको उपलब्धी

दिपक खत्री ,पौष २८ — चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा विहिबार सम्पन्न भएको छ । नगरसभामा करारका कर्मचारीको म्याद थप एवम् रकमान्तरको कार्यक्रमहरु पेश गरिएकोमा सर्वसम्मत पारित भयो ।
१३ औं नगरसभा मार्फत उपप्रमुख सिता थापाले आर्थिक वर्ष २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभयो । आर्थिक वर्षको छ महिनाको बिचमा नगरपालिकाले चालु तर्फ ३०.८५ प्रतिशत रकम खर्च गरेको छ । यस्तै पुँजीगत तर्फ १८.९३ प्रतिशत रकम खर्च भएको उपप्रमुख थापाले बताउनुभयो । स्वास्थ्य र शिक्षा क्षेत्रमा दिर्घकालिन उदेश्य प्राप्ती गर्ने गरी नगरपालिकाले कार्यक्रम सुरु गरिसकेको प्रगति विवरणमा उल्लेख गरीएको छ ।


नगर सभामा बोल्दै मेयर कृष्ण प्रसाद सापकोटाले जसका लागी कार्यक्रम बन्ने गर्छ उनीहरु सम्म कार्यक्रम नपुग्ने र उनीहरु बुझ्न पनि नआउने प्रवृत्ति पाईएको आफुले महसुस गरेको बताउनुभयो । नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउदै मेयर सापकोटाले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गरीने उल्लेख गर्नुभयो । तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो । शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाले सम्पादन गर्ने कार्यहरु गलत भएमा आलोचना र टिप्पणी गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
यस्ता छन् नगरपालिकाका मुख्य उपलब्धी

प्रतिक्रिया दिनुहोस्