२०८१ भाद्र २३
                           

चोरी मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक,२८पुस
काठमाण्डौ पुरानो बसपार्कबाट चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची न.पा.१० बस्ने वर्ष ५६ का रामजी बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयन अन्तर्गत सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ साल ११महिना ०५ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेका अधिकारीलाईे १४ वर्ष पछि बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ पुरानो बसपार्कबाट फेला पारी नियन्त्रणमा लिई सिन्धुपाल्चोक जिल्ला अदालत चौतारा दाखिला गरिएकोमा निजको कैद असुल उपरका लागि आजै बिहिबार जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्