२०८१ मंसिर ६
                           

याङ्ग्री एकेडेमिकको पाँच बर्षे प्रगति प्रतिवेदन सार्वजनिक ,विधि र प्रकिया पूरा गरेर मात्र माध्यमिक तह सञ्चालन हुने अध्यक्ष लामाको भनाई

सिन्धुपाल्चोक , २९पुस
पाँचपोखरी थाङ्पाल गाँउपालिका वडा नं २ मा संचालित यांग्रीमा एकेडेमिक सेन्टरको पाँच बर्षे प्रगति प्रतिवेदन सार्वजानिक गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, अभिभावक, व्यवस्थापन समितिका सदस्यहरुको उपस्थीतिमा गाँउपालिका अध्यक्षलाई प्रतिवदेन हस्तान्तरण गरिएको थियो । प्रगति प्रतिबेदन संयोज माधप प्रसाद पाण्डेयले प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै विद्यालय निरिक्षक उत्तम मणि पौड्यालले गाँउपालिका भित्रमा पृथक ढंगबाट अध्यपान गराउने एक मात्र विद्यालय यांग्रीमा एकेडेमिक भएको हुँदा अन्य विद्यालयले यस विद्यालयको शिक्षण विधिलाई अपनाउनु पर्नेमा जोड् दिनुभयो । माध्यमिक तह संचालनका लागी विद्यालयले कानुनी प्रकियाहरु अगाडि बढाउनु पर्ने हुन्छ । यसका लागी पालिका बाट समन्वयको भूमिका रहन्छ उहाँले भन्नुभयो ।

सो कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष टासी लामाले भावनामा डुबेर कक्षा थप बढाउन नसकिने हँुदा विधि र प्रकिया पूरा गरेर मात्र माध्यमिक तह सम्म संचालन हुने सुझाव दिनुभयो । यस विद्यालय कम्पनीमा दर्ता भएपनि गाँउपालिको ऐन कानुनको अधिनमा रहि शैक्षिक गुठिका रुपमा संचालन भएको दाबी गदै गाँउपालिका भित्र निजी विद्यालय संचालन गर्न अनुमति नदिने र निजी विद्यालय नरहेको दाबी गर्नुभयो ।
गाँउपालिकाको ऐन र कानुनको अधिनमा रहने गरी मुनाफा रहित गुठि विद्यालयको रुपममा स्थापना यो एक मात्र विद्यालय हो । सानातिना बस्ती शैक्षिक पहँुच नपुगेका समुदायको आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यका साथ यस विद्यालय वि।स। २०७४ मा स्थापना भएको हो । हाल २२२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्