२०८१ भाद्र २३
                           

सहकारीहरुलाई उद्देश्य अनुसार अझ परिपक्व र जिम्मेवार ढंगले अघि बढ्न सांसद सापकोटाको सुझाव

सिन्धुपाल्चोक, २९ पुस ।

जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले सहकारीहरुलाई उद्देश्य अनुसार अझ परिपक्व र जिम्मेवार ढंगले अघि बढ्न सुझाब दिएका छन् ।

सुनकोसी गाउँपालिकास्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २५औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा सुक्रबार सम्बोधन गर्दै सांसद सापकोटाले पछिल्लो समय केही सहकारी संस्थाको गलत कार्यसम्पादनका कारण सहकारी क्षेत्रलाई संकाको दृष्टिले हेर्न थालिएको भन्दै त्यसतर्फ सचेत रहन सुझाव दिएका हुन् । उनले सहकारी संस्थागत सुशासन, वित्तीय अनुशासन र सदस्यहरुको हितलाई केन्द्रमा राखेर चल्ने विश्वास व्यक्त गरे ।

स्मारिका विमोचन एवम् सम्मान कार्यक्रम समेत रहेको वार्षिक साधारणसभामा सुनकोशी गाँउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छीमाया तामाङ, जनप्रतिनिधिहरु, सहकारीमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

आत्मनिर्भर सहकारीको कार्यक्षेत्र सुनकोशी गाउँपालिका ५, ६ र ७ तथा लिसंखुपाखर गाउँपालिका ५ र ७ गरी दुई पालिकाका ५ वटा वडा रहेको छ । २ हजार ७ सय ४५ सदस्य आवद्ध रहेको संस्थाले आफ्नो कारोबार २३ करोड रुपैंयाँभन्दा माथि पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्