२०८१ भाद्र २३
                           

लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न 

चाैतारा/ लैगिक हिंसा विरूद्व सरकारी निकाय तथा स्थानीय सरकार शिक्षक र समुदायबीच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आदिवासी जनजाति महिला उत्थान केन्द्र र ग्रामीण स्वास्थ शिक्षा गूठीको आयोजनामा श्रीकृष्ण रत्नगंगा मावि मा आज आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक संजिव यादवले समुदायमा प्रहरीको भुमिका, नेपाल बार एशोसिएसनका अध्यक्ष  भुपेन्द्र थिङले कानुनी प्रकृया बारे जानकारी गराउनु भएको थियोे ।
श्रीकृष्ण रत्न गंगा माविका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठ,चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यपालिका सदस्य रोजिना घतानी,सृजना विक,वडा नम्बर ५ का वडा सदस्य कमल श्रेष्ठले महिला तथा बालबालिकाहरूलाई स्थानीय सरकारले गर्नु पर्ने कार्यक्रम र बजेट बारे स्पष्ट पार्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमको संचालन ग्रामीण स्वास्थ शिक्षा गूठी ( रेष्ट ) को जिल्ला संयोजक आकृति घलेले गर्नुभएको थियोे भने कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्