२०८१ मंसिर ६
                           

सहिद वसन्त किरण सहकारीमा पुन:  राजेन्द्र 

सिन्धुपाल्चोक ,पुस ३०
चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ साँगाचोक भञ्ज्याङ्मा रहेको सहिद वसन्त किरण उपभोक्ता सहकारी संस्थाको आठौं साधारणसभा तथा चौथो अधिबेशनले पुन: राजेन्द्रप्रसाद नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न साधारणसभाले उपाध्यक्षमा कृष्णबहादुर पराजुली,सचिव श्यामलाल श्रेष्ठ,सह सचिव मुक्तिमाया श्रेष्ठ र काेषाध्यक्ष हरिबहादुर श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा कल्पना श्रेष्ठ,मनकुमारी श्रेष्ठ,कमला तामाङ,विमल श्रेष्ठ,चक्रबहादुर तामाङ र प्रकाश श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सुन्दर गिरी सदस्यमा कार्पो लामा,बाजुराम पराजुली,देवकी गिरी र विन्दा कार्की रहेको समितिका सदस्य चक्रबहादुर तामाङले जानकारी दिए ।
 साधारणसभाका प्रमुख अतिथि चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दिपेन्द्रप्रसाद नेपालले सहकारीले प्रत्येक घरलाई सामुहिकतामा जोडेको भएता पनि केहि गलत नियतका मान्छेहरूले सहकारीको दुरुपयोग र अपचलन गर्दा समग्र सहकारी संस्था नै बदनाम भएको बताए । उनले सहकारीमा नियमित बचत गर्नाले समस्या परेको बेला पैसा खोज्दै भौतारिएर हिड्नु नपर्ने तर ऋण लिएर नतिर्नेहरुको हकमा कडा निति अवलम्बन गरि कालोसूचीमा राखेर सरकारी सेवा सुविधाबाट समेत वन्चित गर्नुपर्ने बताए ।
 वि.सं.२०६५ सालमा स्थापना भएको सहकारीको हाल कुल पुँजी ५४ लाख ४१ हजार ३ सय १३ रुपैयाँ ८३ पैसा रहेको छ  भने संस्थामा हाल ३ सय ६१ जना शेयर सदस्य रहेका छन् । सहकारी पसल चलाउने उद्देश्य सहित स्थापना भएको सहकारीले २०७५ सम्म सहकारी पसल चलाएको थियोे । तर अहिले सहकारीले रासायनिक मल तथा घरायसी ग्याँसको कारोबार र बिक्री वितरण गर्दै आएको छ भने पछिल्लो समय बचत तथा ऋण समेत संचालन गर्दै आएको सहकारीका काेषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी  संस्थाका संस्थापक अध्यक्ष नेपाल १४ बर्षदेखि निरन्तर सहकारीको नेतृत्वमा रहँदै आएका छन् ।अशोक पराजुली

प्रतिक्रिया दिनुहोस्