२०८१ भाद्र २३
                           

मेलम्चीमा घले समुदायले यसरी मनाए ल्होसर(फोटो फिचर)

सिन्धुपाल्चोक ,१माघ
नेपालको मौलिक र स्वतन्त्र ऐतिहासिक जातिको रुपमा पहिचान बोकेको घले जातिले सिन्धुपाल्चोक जिल्ला भरिका आफ्नो सामुदाय लाई समेट्दै लिःल (घले ) ल्होसर अर्थात ता ल्हो वाघ वर्गको बिदाई गरि योई ल्हो (बिरालो वर्ग) को आवगमनलाई स्वागत गदै शुभकामना आदानप्रदान गरि भव्यताकासाथ सिन्धुपाल्चोकको मेलम्चीमा मनाएका छन् । घले समुदायले आईतबार मेलम्चीमा जमघट भई लिःल (घले ) ल्होसर मनाएका हुन् ।

घले जातिको आपनै भाषा र संस्कृति रहेको हुन्छ । मेलम्चीमा आयोजित कार्यक्रम अघि मेलम्ची बजार क्षेत्रमा ¥याली समेत निकालिएको थियोे । ¥यालीमा घलेलाई आदिवासी , जन जातीमा सुचिकृत गर , लिःल फङको अभियान ,घले जातिको स्वाभिमान ,सम्पुर्ण घलेहरु एक जुट हौँ ,घले जातिको सस्ंकृतिको संरक्षण गरौँ , घले जातिको एकता अमर रहोस लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।  लिःल (घले) जातिको जातीय एकतालाई नै विशेष जोड दिइने जातीय चिनारी तथा पहिचान झल्काउने विविध नृत्य तथा सांगीतिक प्रस्तुतिहरू पनि रहेका थिए।

¥याली निकालिए पछिको कार्यक्रममा विविध नाच प्रदर्शन गरिएको थियो । लिःल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा गरिएको कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता रहेको थियो भने लिःल फङ (घले समाज) केन्द्रीय उपाध्यक्ष दिपेन घले र केन्द्रीय महासचिव डा.जित बहादुर घलेको विषेश आतिथ्यतामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ घले समुदायको ल्होसर कार्यक्रम सम्पन्न भएको हो ।

मन्तव्यको क्रममा अतिथिहरुले आफ्नै गौरवमय पहिचान बोकेको र आफ्नै गौरवमय इतिहास छ भन्दै मौलिक परम्परागत रितिरीवाज , संस्कृति, भाषा नभुल्न आग्रह गरेका थिए । घले जातिको पहिचानलाई विविध माध्ययमबाट उजागर गर्दै आएको र अझ बलियो बनाउदै लैजाने बताएका छन् । कार्यक्रममा घले जातिका साथै अन्य जातिहरुको उल्लेखीय उपस्थिति रहेको थियोे ।

घले समुदायले बर्ष फेरिएको खुसीयालीमा खुसीयाली साटासाट गर्नुका साथै मिठा मिठा परिकार खाएर ल्होसर मनाउँदै आएका छन् । घलेहरूले परापूर्वकालदेखि ल्होसार मनाउँदै आएको भएपनि २०६५ सालमा लिःल फङ (घले समाज) स्थापना भएपछि संस्थागत रूपमा ल्होसार मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्