२०८१ भाद्र २३
                           

८ वर्षपछी बहुविवाह मुद्दाका फरार भण्डारी पक्राउ

चौतारा,३ माघ
८ वर्षपछी बहुविवाह मुद्दाका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फैसला कार्यान्वयन अन्तर्गत सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१।१०।२२ गतेको फैसलाले बहुविवाह मुद्दामा कैद ११ महिना ११ दिन र जरिवाना रु.५,०००।– सजाय भई फरार रहेका सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ०२ बस्ने ३९ वर्षका राम कुमार भन्ने ईन्द्र बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

भण्डारीलाई फरार रहेको ८ वर्ष पछी कार्यालयबाट खटी गएको प्रहरी टोलीले सोमबार चौतारा बजार स्थितबाट फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा निजको कैद असुल उपरका लागी ३ गते मंलबार जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्