२०८१ भाद्र २३
                           

प्रभाबकारि बन्दै पशु बिमा ,नगर प्रमुख बाट रकम हस्तातरण

माघ ५—  किसानको पशुधनको दृष्टीले राम्रो मानिने बिमा कार्यक्रम पछिल्लो समय चौतारा साँगाचोकगढि नगरपालिकामा   प्रभाबकारि बन्दै गइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले पशु बिमा बापतको रकम पाएका छन् ।

नगर पशु सेवा शाखाबाट जारि सुचनाको आधारमा पशु बिमा कार्यक्रममा सहभागि भइ पशु बिमा गराएका  दुइ किर्षकको भैंसिको मृत्युपछि मुल्याकंन बराबरको बिमा रकम वडा नं ७ निवासि इश्वरि प्रसाद नेपाल र वडा नं ४ निवासि मैया सापकोटाले जनहि रु नब्बे हजार रुपैया  प्राप्त गरेका छन् ।

viber_image_2023-01-19_08-28-58-8831674096692.jpg

viber_image_2023-01-19_08-28-58-9771674096712.jpg

यस नगरपालिकाको ०७९÷८० को निती तथा कार्यक्रमम कृषी तथा पशु कार्यक्रममा बिषेश जोड दिदै आयको यस पालिकाले पशु बिमा कार्यक्रममा कुल बिमाङ्कको संघिय सरकारबाट प्राप्त हुने अनुदान बाहेक नगरपालिका बाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बिम कार्यक्रम संचालन हुदै आइरहेको छ ।सो बिमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रत्येक घर घरम सो कार्यक्रम लाइ प्रभावकारि ढंगले नगरले सहजिकरण गर्दै लैजाने कृषकलाइ प्रत्यक्ष रुपमा आर्थिक उर्पाजन हुने योजना बनाउदै अघि बढ्ने ब्यक्त गर्नु भयो ।

शुरुवाती  चरणम बिम कार्यक्रम कृषकले झन्झटिलो प्रक्रिया मानेपनि त्यसमा नगर पशुशाखाले सहजिकरणको भुमिका निर्वाह गरेपछि कृषकहरु खुसि भएको शाखा प्रमुख अर्जुन खड्काले बताउनु भयो । हाल नगरपालिका मार्फत २०७९ पौष मसान्त सम्म ३८० गाई भैंसि र २० बाख्राको बिमा भइसकेको छ  भने २०० वटा प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्