२०८१ भाद्र २३
                           

चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय फुटबल प्रतियोगिताको (खेल तालिका) सार्वजनिक

चौतारा, ५माघ
चौतारा स्पोर्टिङ्ग क्लवद्वारा यही माघ ७ गते देखि ९ गते सम्म आयोजना हुने “प्रथम चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) ७ ए साइड फुटबल प्रतियोगिता २०७९“ को टाई सिट (खेल तालिका) सार्वजनिक भएको छ ।खेल तालिका अनुसार प्रथम खेल मिति २०७९।१०।०७ गते बिहान ८ः३० बजे जन जागृती मावि साँगाचोक विरुद्ध श्री इर्खु मावि इर्खु बिच संचालन हुने छ । माघ ७ गते बिहान १० बजे जना विकास सागाँचोक र सेतिदेवि ठुलोशिरुवारी बिच हुनेछ ।

बिहान ११.३० मा कालिका देवि देउराली र सेती देवि स्याउले बिच हुनेछ भने सात गते नै दिउसो १ बजे कृष्ण रत्न गंगा चौतारा र कुण्डला देवि ठुलोसिरुवारी खेल्नेछन् ।यस्तै दिउसो २.३० बजे राम देवि हर्रे र शिद्धि कमला देवि पिपलडाडाँ बिच खेल हुनेछ भने ४ बजे कालि देवि कदामबास र ज्ञान मन्दिर मेलचौर बिच खेल हुनेछ ।

माघ आठ गते बिहान ११ बजे जुगल बोर्डिङ चौतारा र बन देबि भुलभुले खेल्नेछन् भने बिहान ९.३० बजे सेति देवि पाँचकन्या र भिमसेन सागाँचोकबिच खेल्नेछन् । अन्तिम खेल नौ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्