२०८१ भाद्र २३
                           

तातोपानी नाका पूर्ण रुपमा सुचारु गर्न सकिए देशको अर्थतन्त्रमा दरिलो सहयोग पुग्छ: सांसद सापकोटा

सिन्धुपाल्चोक ,५ माघ
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनसँगको व्यापारिक तातोपानी नाकाबाट आयात निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा सिन्धुपाल्चोकका साथै देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने बताउँनुभएको छ ।

साथै यो विषय यस सदन र सरकारको प्राथमिकतामा पर्ने छ भन्ने विश्वास छ भन्दै ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्ररी बुझेको छु र तत्काल सम्बोधन गर्नुपर्ने बताउँनुभयो ।

सभामुख महोदय,
संघीय संसद प्रतिनिधि सभाको आजको यस ऐतिहासिक बैठकमा सहभागि भएर हाम्रो पार्टीका तर्फबाट धारणा राख्न पाउँदा गर्भानुभूति भएको छ । संघीय सांसदका रुपमा म आज पहिलो पटक उभिएर सम्बोधन गर्दै छु । यस अवसरमा सर्बप्रथम मलाई निर्वाचित गराउनु हुने सिन्धुपाल्चोक क्षेत्र नं १ का आदरणीय मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थामा, आजको अवस्थासम्म ल्याइपुर्याउन जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोल लगायतका विविध संघर्षका क्रममा जीवन आहूति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइेत, अपांग, बेपत्ता योद्धाहरुको योगदानको उच्च कदर गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।

पहिलो पटक जनताका छोराछोरीको प्रत्यक्ष सहभागितामा संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नयाँ संविधानको कार्यान्वयका क्रममा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो निर्वाचन मंसिर ४ गते सम्पन्न भयो । प्राप्त जनमतका आधारमा हामी संघीय संसद, प्रतिनिधि सभामा छौं ।

यहि संसदबाट अभूतपूर्व, असाधारण, ऐतिहासिक विश्वासको मतका साथ हाम्रो पार्टीका स्रद्धेय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्माननीय प्रधानन्त्रीका रुपमा सरकारको नेतृत्व गरिरहनु भएको छ । जनचाहना अनुसार गठित यस सरकारले लिएको गतिले आशावादी बनाएको छ । यद्यपी वर्तमान अर्थतन्त्रमा व्यापक सुधारको खाँचो औंल्याएको छ । जनअपेक्षा अनुसार काम गर्न, युवा पुस्तालाई आशावादी बनाउँदै देशको समग्र विकास र समृद्धिका लागि मजवुत अर्थतन्त्र आजको आवश्यकता हो ।

सिन्धुपाल्चोक क्षेत्र नं १ को जनप्रतिनिधिका रुपमा यस सर्बोच्च जनप्रतिधि संस्थामा उभिएर बोलिरहँदा मैले छिमेकी चीनसँगको व्यापारिक तातोपानी नाकाबाट आयात निर्यातलाई पूर्ण रुपमा सुचारु गर्न सकिएमा सिन्धुपाल्चोकका साथै देशको अर्थतन्त्रमा दरिलो सहयोग हुने विषय यस सदन र सरकारको प्राथमिकतामा पर्ने छ भन्ने विश्वास छ । ऐतिहासिक तातोपानी नाका, भृकुटी मार्ग र मितेरी पुलको महत्वलाई यो सरकारले राम्ररी बुझेको छ र बुझ्ने छ भन्ने विश्वास छ ।

सभामुख महोदय,

आजको बैठकमा हामी संघीय संसदको नेतृत्व, सभामुख निर्वाचित गर्दै छौं । संसद लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो हो । सभामुखले त्यसको नेतृत्व लिनु हुने छ । सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मतका हुँदा धेरै राम्रो सन्देश जाने थियो । यद्यपी यसका लागि हिजो उम्मेदवारी दर्ता भई प्रक्रिया अघि बढिसकेको छ ।हाम्रो पार्टीका तर्फबाट म यस सभाका सदस्य, सभामुख पदका उम्मेदवार माननीय देवराज घिमिरेका पक्षमा मतदात गरि निर्वाचित गरिदिनु हुन यस सभाका सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक अपिल गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्