२०८१ भाद्र २३
                           

दुवै मृगौला फेल भएकी तारादेवीको उपचारमा सहयोगको अपिल

सिन्धसपाल्चोक,५माघ

दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षिय तारादेवी खड्का आचार्यको उपचारको लागि सहयोगको अपिल गरिएको छ । उहाँको दुबै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको र आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल गरिएको हो ।

खड्का हाल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । आर्थिक अभावका कारण उपचारमा समस्या रहेको उहाँका श्रीमान कुल प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँको सम्पर्क नम्बर ९८४३५४९३३८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले कुल प्रसाद आचार्यको कृषि विकास बैंकको खाता नम्बर ०२१०८०००९२७०००१० रकम जम्मा गरिदिन समेत परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्