२०८१ मंसिर ६
                           

भाडा मनलाग्दी गरेको यात्रुको गुनासो, तोकिएको भन्दा धेरै भाडा नतिर्न समितिको आग्रह

सिन्धुपाल्चोक,५ माघ

सिन्धुपाल्चोकको पश्चिमी भेगमा चल्ने आमा याङ्ग्री यातायात प्रालि , सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालीले दिने सेवा प्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । मेलम्ची,हेलम्बु,इन्द्रावती, पाँचपोखरी लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरुले पछिल्लो समय मनलाग्दि भाडा लिने गरेको भन्दै गुनासो आउन थालेको छ ।

गन्तब्य स्थान सम्म तोकिएको समयमै नपुर्याउने, सुपर भन्ने तर लोकल यात्रु चढाउने,सिट क्षमता भन्दा बढि यात्रु बोक्ने र भाडा बढिलिने गरेको मेलम्ची ९ ज्यामिरेका ठाकुरनाथ कँुईकेलले गुनासो गर्नुभयो । यातायातका साधनहरुमा भाडा सुचि नराख्ने र छोटो दुरीमा समेत बढी भाडा लिन थालेको मेलम्ची ६ तालामाराङका दिपक देउजाले बताउनुभयो ।

आमा याङ्ग्री यातायात प्रालिका अध्यक्ष कान्छाराम श्रेष्ठका अनुसार गाउँ गाउँमा सुपर गाडि सञ्चालन गरिएको छ । निश्चित भाडा तोकेर स्थानिय तह, प्रहरी कार्यालय लगायत सम्बन्धीत निकायमा समेत जानकारी गराइएको  उहाँको भनाई छ ।माघ १ गते देखि परिक्षणको लागि सुपर गाडि छोडेको जानकारी दिदै तामाङले अबछिट्टै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनुभयो । तोकिएको भन्दा धेरै भाडा नतिर्न र कुनै समस्या भएमा समितिमा जानकारी गराउन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्