२०८१ भाद्र २३
                           

बालविवाह न्यूनीकरणका लागि पाँचपोखरीमा जनचेतनामूलक -याली

सिन्धुपाल्चोक, ५ माघ

बालबिबाह न्यूनीकरण गर्ने उदेश्यका साथ आज पाँचपोखरी थाङ्पाल गाउँपालिकाका वडा नम्बर २ बरुवा बाहेक सम्पुर्ण वडाहरुमा बालविवाह बिरुद्धको एक दिने जनचेतनामूलक ¥याली सम्पन्न भएको छ ।हामि सबै जुटौ ,बाल बिवाह राकौ भन्ने नाराका साथ र्याली निकालिएको थियो ।

महिला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा विद्यालयका बालबालिका , जनप्रतिनिधि, महिला स्वयंसेविका, बाल क्लबका सदस्य लगायतको उपस्थिती रहेको शाखा प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा परिवारको करकापमा भन्दा पनि आफूखुसी प्रेम बालविवाह गर्नेहरूको सङ्ख्या बढी रहेकोले सोही उमेर समूहका विद्यार्थीमा जनचेतना ल्याउन सकेमा बाल विवाहका घटनाका न्यूनीकरण ल्याउन सकिन्छ भन्ने हेतुले जनचेतनामुलक र्याली निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्